
उद्योग बाणिज्य संघद्वारा गोनपा भित्रका स्वास्थ्यकर्मीलाई पानी र चाउचाउ सहयोग
गोरखा उद्योग बाणिज्य संघले गोरखा नगरपालिका मातहतका स्वास्थ्यकर्मीलाई एक सय प्याक पानी र ५० कार्टुन चाउचाउ सहयोग गरेको छ । कोरोना भाईरसको संक्रमण रोकथामका लागि नियमित सेवामा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीका लागि पिउने पानी र खाजाको रुपमा चाउचाउ सहयोग गरिएको संघका अध्यक्ष जिबनज्योती श्रेष्ठले बताए ।
आज नगरपालिकामा संघका अध्यक्ष सहित केही पदाधिकारीले नगरप्रमुख राजनराज पन्त र उपप्रमुख बिनाकुमारी श्रेष्ठ मार्फत नगरपालिकालाई राहत दिएका हुन् । लकडाउनको समय रहेकाले स्वास्थ्यकर्मी र नियमित काममा खटिएका कर्मचारीले पिउने पानी, खाने खाजाको समेत समस्य भएको हुँदा स्वास्थ्य चौकीहरु, क्वारेन्टाईन स्थल, सरसफाईमा नियमित खटिएका कर्मचारी लगायतलाई आवस्यकता अनुसार उपलब्ध भएको सामग्री दिईने नगरपालिकाले जनाएको छ । राहत बितरणमा एकद्वार नीति लिएको गोरखा नगरपालिकाले नगरक्षेत्र भित्र राहत बितरण गर्दा नगरपालिका मार्फत मात्रै गर्न दिने नगरप्रमुख पन्तले बताए ।




