| आइतवार, कार्तिक २२, २०८३

कोरोना त्रासका कारण गोरखाका केही फार्मेसी अझै बन्द : बन्द औषधी पसलको नवीकरण नगर्ने

 

गोरखा बजारका केही औषधी पसलवालाहरु कोरोना भाइरस संक्रमणको त्रासका कारण पसल बन्द गरेर घरमा बसेको पाइएको छ ।

बिभिन्न खालका बिरामीको संख्या बढिरहेको अबस्थामा कतिपयले पसल बन्द गरेर घरमा बसेको पाइएको गोरखा नगरपालिकाले जनाएको छ ।
‘गोरखा बजारमा १७ वटा औषधी पसल दर्ता भएको तथ्यांक छ’, गोरखा नगरपालिकाका प्रशासकीय अधिकृत चेतप्रसाद अम्गाईले भने, ‘केही दिनअघि अनुगमन गर्दा चारपाँच वटा बाहेक सबै बन्द थिए । हामीले पसल तत्काल खुलाउन सूचना ग¥यौं । आज अनुगमन गर्दा ११ वटा खुले । पाँचवटा अझै बन्द छन् ।’

ती बन्द रहेका पसलेलाई सम्पर्क गरेर तत्काल खुलाउन निर्देशन गरिएको उनले बताए । अन्यथा दर्ता नवीकरण नगर्ने उनले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्