| शनिबार, बैशाख ८, २०८१

गण्डकी प्रदेशका स्वास्थ्यकर्मीलाई सतप्रतिशत भत्ता देखि ३० लाखको बिमा

गण्डकी प्रदेश सरकारले कोरोना भाईरसको संक्रमण फैलन नदिन दिनरात स्वास्थ्य संस्थामा खटिएका स्वास्थ्यकर्मी, बिरामी चेकजाँचमा खटिएका चिकित्सकलाई सतप्रतिशत सम्म भत्ता दिने भएको छ । ‘संघिय सरकारले कर्मचारी, स्वास्थ्यकर्मीलाई कार्यबिभाजन अनुसार २५, ५०, ७५ प्रतिशत सम्म भत्ता दिने भनेको छ, संघिय सरकारबाट २५ प्रतिशत भत्ता पाउनेलाई हामीले ५० प्रतिशत , ५० पाउनेलाई ७५ र ७५ प्रतिशत पाउनेलाई सतप्रतिशत जोखिम बहन भत्ता दिने निर्णय गरेका छौँ’ मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज बिहान रेडियो गोरखा सँगको अन्र्तवार्ताका क्रममा भने । साथै उनले हरेक स्वास्थ्यकर्मीको ३० लाख रुपैयाँको बिमा गरेको पनि जानकारी गराए । कोरोना संक्रमणको जोखिमबाट सर्वसाधारण जनतालाई बचाउन सँधै सक्रिय रहन मूख्यमन्त्री गुरुङले स्वास्थ्यकर्मीलाई निर्देशन समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्