
सोमबार पठाएको दुई स्वाब परीक्षणको रीपोर्ट अझै आएन
गोरखा अस्पतालबाट स्वाब परीक्षणका लागि पठाएको दुईवटा स्वाबको रिपोर्ट अझै आएको छैन ।
परीक्षणका लागि सोमबार टेकु पठाएको दुई बिरामीको स्वाबको रीपोर्ट बुधबार पौने तीनबजेसम्म नआएको गोरखा अस्पतालले जनाएको छ ।
अस्पतालले मंगलबार पनि एक जनाको स्वाब परीक्षणका लागि पठाएको जनाएको छ ।
उनीहरु तीनै जनालाई गोरखा अस्पतालमा रहेको आइसोलेशनमा राखेर राखेर उपचार भइरहेको मेडिकल सुपरीटेण्डेण्ट नवीन थापाले जानकारी दिए । उनीहरुको स्वास्थ्य अबस्था भने सामान्य भएको उनले बताए ।
टेकुस्थित प्रयोगशालामा मंगलबार साँझसम्म देशभरका एकहजार ६० जनाको स्वाब परीक्षण भएकोमा पाँच जनाको पोजेटिभ र एकहजार ५५ जनाको रीपोर्ट नेगेटिभ रहेको बताइएको छ ।




