
गोरखाका दुईजनाको स्वाब परीक्षणका लागि टेकु पठाइयो
गोरखा अस्पतालले उच्च ज्वारोका दुई बिरामीको स्वाब परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाएको छ ।
ज्वारो आएर उपचार गराउन आएका दुईजनालाई आइसोलेशनमा भर्ना गरी स्वाब परीक्षण गर्न टेकु पठाइएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए । उनीहरुको रिपोर्ट मंगलबार आउने उनले बताए ।
यसअघि आइसोलेशनमा राखेर उपचार गरिएको एक बालिकालाई कोरोना नलागेको भन्ने रिपोर्ट आएपछि उनलाई वार्डमा सारेर उपचार भइरहेको उनले बताए ।




