| आइतवार, कार्तिक २२, २०८३

चोरीको मोटरसाईकल नक्कली बिलबुक सहित बिक्री

निषेध आदेश उल्लंघन गर्ने २६२ सवारी साधन नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय गोरखाले निषेध आदेश उल्लंघन गर्ने २६२ सवारी साधन नियन्त्रणमा लिएको छ ।

कोरोनाको महामारीका कारण जारी गरिएको निषेध आदेश उल्लंघन गरेको भन्दै जिल्लाका बिभिन्न ठाउँबाट एकसाताको अवधिमा सो परिमाणका सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।

साथै निषेध आदेश लागु भएको गत चैत ११ गतेदेखि यता बिभिन्न ठाउँमा अलपत्र भएका ज्यालामजदुरी गर्ने एकहजार तीनसय ३६ जनालाई उद्धार गरी आ–आफ्नो घरठेगानामा पठाइएको एसपी अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्