
गोरखा अस्पतालबाट पठाइएको बिरामीको कोरोना रिपोर्ट ‘नेगेटिभ’, शंकास्पद तीन बिरामी भर्ना
गोरखा अस्पतालबाट आइतबार कोरोनाको स्वाब परीक्षणका लागि पठाइएको बालिकाको स्वास्थ्य परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । केहीदिनदेखि निमोनिया भएर उपचाररत शहीद लखन गाउँपालिका ९ नाम्जुङकी १० बर्षकी बालिकाको कोरोना रिपोर्ट नेगेटिभ आएको गोरखा अस्पतालका मेडिकल अधिकृत विनोद दवाडीले जानकारी दिए ।
उनको गोरखा अस्पतालमा रहेको आइसोलेशन वार्डमा उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ ।
गोरखा अस्पतालमा अन्य तीन ज्वारोका बिरामी पनि भर्ना भएका छन् । उनीहरुको पनि सोमबार बिहानै स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउने बारेमा छलफल भइरहेको उनले बताए ।




