| आइतवार, कार्तिक २२, २०८३

जिल्ला प्रशासन कार्यालयद्वारा एकसातामा तीन पटक निषेध आदेशको सूचना

दुई पटकसम्म निषेध आदेशको सूचना जारी गर्दा पनि कतिपयले अटेरी गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले एकसातामा तेस्रो पटक निषेध आदेश जारी गरेको छ ।

विश्वभरि कोरोनाको संक्रमण फैलिएर तीसौं हजार मान्छे मरिसकेको र नेपालमा पनि संक्रमण प्रवेश गरेको संवेदनशील अबस्थामा पनि निषेध आदेशको उल्लंघन गरी घरबाहिर निस्कने, भीडभाड गर्ने गरेकाले पुन सूचना जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासकीय अधिकृत गणेश भट्टराईद्वारा हस्ताक्षरित सूचनामा प्रशासनको आग्रहलाई बेवास्ता गरी कतिपय घर बाहिर निस्कने गरेको, मठमन्दिर, चर्च, मस्जिदमा भीड लाग्ने गरेको, अर्घौ लगायतका सांस्कृतिक कार्यमा भीड लाग्ने गरेकाले यसो नगर्न सचेत गराइएको छ ।
निषेधादेशको फेरि पनि बेवास्ता गरेमा प्रचलित कानून बमोजिम कडा कारबाही गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्