| आइतवार, कार्तिक २२, २०८३

लकडाउनअघि विदेशबाट गोरखा आएका ३८ जनाको नाम सार्वजनिक, सघन निगरानीमा राख्न स्थानीयतहलाई आग्रह

 

जिल्ला कमाण्ड पोष्टले कोरोना भाइरस फैलिरहेका बिभिन्न देशबाट गोरखा भित्रिएका ३८ जनाको नाम सार्वजनिक गरेको छ । लकडाउन हुनुअघि बिभिन्न देशबाट गोरखाका दुई नगरपालिका तथा नौ वटा गाउँपालिकामा आएकाहरुको नाम शुक्रबार सम्पन्न कमाण्डपोष्ट बैठकले सार्वजनिक गरेको हो ।

जसअनुसार गोरखा नगरपालिका ५ मा कतारबाट एक, भारतबाट एक, गोनपा ३ मा कतारबाट एक, गोनपा १४ मा माल्दिभ्सबाट एकजना, गोनपा १० मा बहराइनबाट एक, जापानबाट एक, गोनपा २ मा कतारबाट एक, गोनपा ११ मा कतारबाट एक, गोनपा १२ मा भारत र मलेसियाबाट एकएकजना आएको उल्लेख छ ।

त्यस्तै पालुंटार नगरपालिका ६ पौवाटारमा कतारबाट एक, सिरानचोक ८ मा कतारबाट एक, अजीरकोट ४ मा जापानबाट तीनजना, बारपाक सुलीकोट गाउँपालिका ६ मा कोरियाबाट एकजना, मलेसियाबाट एक, बहराइनबाट एक र भारतबाट एकजना ४ मा भारतबाट चारजना, जापानबाट एकजना, मलेसियाबाट एकजना, २ मा भारतबाट दुईजना, १ मा युएईबाट एकजना आएका छन् ।

त्यस्तै भीमसेनथापा गाउँपालिका ७ मा कतारबाट दुईजना, ६ मा भारतबाट एक, अमेरिकाबाट एकजना आएका छन् । शहीद लखन गाउँपालिका १ मा चार जना भारतबाट आएका छन् । त्यस्तै गण्डकी गाउँपालिका ८ मा साउदीबाट एकजना र युएईबाट एकजना आएको कमाण्डपोष्टले उल्लेख गरेको छ ।

उनीहरुलाई क्वारेण्टाइनमा राखी सघन निगरानी गर्न नगरपालिका, गाउँपालिकालाई आग्रह गर्ने निर्णय गरिएको कमाण्डपोष्टका सदस्य सचिव हर्क रोकाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्