| बुधबार, चैत्र २६, २०७६

लकडाउनको तेस्रो दिन : गोरखामा २५ सवारी साधन प्रहरी नियन्त्रणमा

गोरखामा लकडाउन उल्लंघन गरेको भन्दै आज (बिहिवार) दिनभर २२ वटा मोटरसाईकल, एउटा ट्रक, एउटा ट्रिपर र एउटा कार कारवाहीमा परेका छन् ।

अघिल्लो दुई दिनको तुलनामा लकडाउन उलंघन गर्ने सवारी साधनको संख्या घटेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी बासुदेव खतिवडाले बताए ।

लकडाउनका बेला कारवाहीमा परेकालाई एक पटकका लागि सम्झाई बुझाई दिनभरी राखेर छाडिएको प्रहरीले जनाएको छ । कतिपय ठाउँमा भने जहाँबाट आएको छ प्रहरीले उतै फर्काइदिएको छ । दोस्रो पटक पनि नियम उलंघन गरेर सवारी चलाएमा पक्राउ गरेर कारवाही गर्ने तयारी प्रहरीको छ ।

प्रतिक्रिया दिनुहोस्