| शनिबार, असार २७, २०७७

विदेशबाट आउनेहरुलाई क्वारेण्टाइनमा राख्न स्थानीय सरकारलाई आग्रह

विदेशबाट आएकाहरुलाई घरघरमै क्वारेण्टाइनमा राख्ने ब्यबस्था गर्न जिल्ला प्रशासन कार्यालय गोरखाले स्थानीय सरकारलाई आग्रह गरेको छ ।

बुधबार प्रशासन कार्यालयले ११ वटै स्थानीय तहहरुलाई पत्राचार गरी विदेशबाट आएकाहरुलाई घरघरमै क्वारेण्टाइनमा राख्ने ब्यबस्थाका लागि आग्रह गरेको हो ।

नेपालमा कोरोनाको संक्रमण फैलिरहेका बेला विदेशबाट आएकाहरुले हेलचेक्र्याइँ गरी आफन्तसंग भेटघाट गर्ने, भोजभतेर गर्ने गरेको सूचना आएको भन्दै कडाइ गर्न आग्रह गरेको छ ।

साथै लकडाउनका बेला जमघट गर्ने, भोजभतेर गर्ने, तास खेल्ने जस्ता गतिविधि पनि हुने गरेको सूचना आएकाले त्यस्ता गतिबिधि रोक्न पनि पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्