| शनिबार, बैशाख ८, २०८१

आज लकडाउनको दोस्रो दिन ; गोरखामा २६ मोटरसाईकल र ६ वटा गाडी कारवाहीमा

गोरखामा लक डाउन उल्लंघन गरेको भन्दै आज (बुधवार) दिनभर २६ वटा मोटरसाईकल र ६ वटा गाडी कारवाहीमा परेका छन् । लकडाउनका बेला कारवाहीमा परेकालाई एक पटकका लागि सम्झाई बुझाई दिनभरी राखेर छाडिएको प्रहरीले जनाएको छ । कतिपय ठाउँमा भने जहाँबाट आएको छ प्रहरीले उतै फर्काइदिएको छ । दोस्रो पटक पनि नियम उलंघन गरेर सवारी चलाएमा पक्राउ गरेर कारवाही गर्ने तयारी प्रहरीको छ । आईतवार पहिलो दिन ९० भन्दाबढि सवारी साधन कारवाहीमा परेका थिए ।
लकडाउनको समयमा एम्बुलेन्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीका अत्यावश्यक साधन भने चलेका छन् । बुधवार दिनभर गोरखा सुनसान रह्यो ।

प्रतिक्रिया दिनुहोस्