| आइतवार, कार्तिक २२, २०८३

गोरखामा लकडाउनको अटेरी गर्ने ५० भन्दाबढि मोटरसाईक र गाडी प्रहरीको नियन्त्रणमा

गोरखामा लक डाउन उल्लंघन गरेको भन्दै ५०भन्दाबढि सवारी साधन कारबाहीमा परेका छन् । सरकारले घोषणा गरेको लक डाउनलाई बेवास्ता गर्दै सवारी साधन चलाएको भन्दै जिल्ला प्रहरी कार्यालय गोरखाले  सवारी नियन्त्रणमा लिएको ट्रफिक प्रहरीले जनाएको छ । सर्वसाधारण नागरिकले पटक पटक जिल्ला प्रशासन कार्यालयले घर बाहिर ननिस्कन अनुरोध गर्दा पनि अटेरी गरेर सवारी साधन सहित निस्किएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका मध्ये केही चार पाङ्ग्रे सवारी छन् भने अधिकासं मोटरसाईकल रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्