| आइतवार, कार्तिक २२, २०८३

मंगलबारदेखि बैक पनि बन्द

मंगलबारदेखि गोरखाका बैंक तथा वित्तिय संस्थाहरुको काम पनि ठप्प भएको छ ।

विश्वभर फैलिरहेको कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमलाई कम गराउन भन्दै जिल्ला प्रशासन कार्यालयले गोरखाका वैंकहरु बन्द गर्न आग्रह गरेको हो ।

यसअघि सोमबारसम्म वैंकहरुले साबिक झै काम गरिरहेका थिए ।

गोरखा सदरमुकाममा राष्ट्रिय वाणिज्य वैक, कृषि विकास वैक, नबील वैँक, ग्लोबल आइएमई बैक, एनएमबी वैँक, एभरेष्ट वैँक, हिमालयन वैँक, प्राइम वैँक, एनआईसी एशिया वैँक, सिद्धार्थ वैँक, कुमारी वैँक, प्रभु वैँक, गण्डकी विकास वैँक, सांग्रिला विकास वैक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्