| बुधबार, चैत्र २६, २०७६

एसईई लगायत स्कूल, कलेजका सबै परीक्षा स्थगित

एसईई लगायत चैतमा हुने भनिएका सबै परीक्षा स्थगित गर्न सरकारले निर्देशन दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेरलले सरकारले एसईईसहित चैतमा हुने विश्‍वविद्यालयका सबै परीक्षा स्थगित गरिएको जानकारी दिए ।

’एसईईसहित चैत महिनामा तय भएको विद्यालय, विश्वविद्यालयका सबै परीक्षा स्थगित भएको हो’, मन्त्री पोखरेलले टेलिफोनमा भने ।

बुधबार बसेको नेकपा सचिवालय बैठकले चैतमा हुने सबै परीक्षा स्थगित गर्न सरकारलाई सुझाव दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्