| आइतवार, कार्तिक २२, २०८३

सिक्का खसालेपछि सेनेटरी प्याड ठ्याक्क

पाँच रुपैयाँको सिक्का पैसा राखेपछि तुरुन्तै सेनेटरी प्याड पाईन्छ । तर सिक्का भने भारतिय हुनुपर्छ । यो सुविधा जिल्लामै पहिलो पटक गोरखा क्याम्पस गोरखामा सोमवार देखि सुरु भएको हो ।

झण्डै ७२ प्रतिशत छात्रा विद्यार्थी पढ्ने गोरखा क्याम्पस गोरखालाई रोटरी क्लव अफ बज्र मनास्लु गोरखाले सेनेटरी भ्यान्डीङ मेसिन उपलब्ध गराएको हो । ‘मेसिन सँगै एक हजार वटा सेनेटरी प्याड र ६२ वटा सिक्का उपलब्ध गराउँछौँ’ उक्त कार्यक्रमका संयोजक बिदुर बानियाँले भने । छात्रा विद्यार्थी धेरै पढ्ने क्याम्पस भएकाले गोरखा क्याम्पसलाई पहिलो पटक बितरण गरिएको रोटरी क्लव अफ बज्र मनास्लु ले जनाएको छ ।

क्याम्पसमै महिनावरी भएको बेला छात्राहरु कक्षा छाड्ने, असहज मान्ने, तुरुन्तै सेनेटरी प्याड नपाउँदा समस्या हुने गरेको शिक्षकहरु बताउँछन् । सिक्का हालेपछि सेनेटारी प्याड आउने मेसिन छात्रा शौचालयमा राखिने भएकाले सहज हुनेछ । कम्तीमा नेपाली ८ रुपैयाँमा छात्राहरुले प्याड प्रयोग गर्न पाउँछन् । एक हजार वटा प्रयोग गर्दा सम्म छात्राहरुले निशुल्क प्रयोग गर्छन, त्यसपछि क्याम्पसले ब्यवस्थापन गर्छ वा संघ संस्थाबाट सहयोग लिएर फुेरी निशुल्क गर्न पनि सकिन्छ’ कार्यक्रम संयोजक बानियाँले भने । रोटरी क्लवले अति आवस्यक मेसिन सहित सेनेटरी प्याड उपलब्ध गराएको क्याम्पस प्रमुख बिकास कुमार श्रेष्ठ बताउँछन् ।

‘यसले छात्रा विद्यार्थी, महिला प्राध्यापक, कर्मचारीलाई सहजिलो हुनेछ’ उनले भने । रोटरी क्लव अफ बज्र मनास्लुका अध्यक्ष रुसबाबु जोशीले अन्य सरकारी क्याम्पसमा पनि सेनेटरी प्याड र मेसिन उपलब्ध गराउने योजना रहेको बताए । सोमवार क्याम्पसमा आयोजित एक कार्यक्रमका बिच क्याम्पस प्रमुख श्रेष्ठलाई रोटरी क्लव अफ बज्र मनास्लुका अध्यक्ष रुसबाबु जोशीले मेसिन हस्तान्तरण गरेका हुन् । छात्राहरुलाई मेसिन प्रयोग गर्ने तरिकाको बारेमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्