| आइतवार, कार्तिक २२, २०८३

आँपपिपल अस्पतालमा आइसोलेशन वार्ड र स्तनपान कक्ष स्थापना

पालुङटार नगरपालिका ३  आँपपिपलस्थित आँपपिपल सामुदायिक अस्पतालमा आइसोलेशन कक्ष स्थापना गरिएको छ । कोरोना भाईरस (COVID-19) बाट हुन सक्ने सम्भावित संक्रमणलाई लक्षित गरि आपपिपल अस्पतालले आईसोलेसन वार्डको स्थापना गरेको हो |
पालुङटार नगरपालिकाको सहयोग र समन्वयमा अस्पतालमा ४ वटा बेड र आवश्यक औषधि उपकरण सहितको आईसोलेसन वार्ड स्थापना गरिएको स्वास्थ्य शाखाका दीपेन्द्र गिरीले जानकारी दिए ।
एटेच बाथरुमसहितका साथै छुट्टै स्नान कक्ष सहितको आईसोलेसन वार्डको स्थापना गरिएको गिरीले जानकारी दिए | नगर प्रमुख ई. दीपक बाबु कंडेलले उक्त कक्षको अनुगमन तथा निरिक्षण गर्दै बिश्वभर फैलिरहेको कोरोना भाईरसबाट बच्नको लागि सबैले सतर्कता अपनाउनु पर्ने साथै व्यक्तिगत सरसफाईमा ध्यान दिदै सचेत रहनुपर्नेमा जोड दिए |
त्यस्तै गरी अस्पतालमा सोमबारदेखि स्तनपान कक्षको समेत स्थापना गरिएको छ। बच्चा जन्मे देखि २ बर्ष सम्म निरन्तर आमाको दुध खुवाउनु पर्ने हुन्छ , अस्पताल आउने आमा हरुले आफ्नो बच्चालाई खुल्ला ठाउमा स्तनपान गराउन असहज हुने हुदा स्तनपान कक्षको स्थापना गरिएको हो |

 

प्रतिक्रिया दिनुहोस्