| सोमवार, कार्तिक २३, २०८३

गोरखामा एसईईको तयारी केन्द्राध्यक्षलाई अभिमुखिकरण प्रश्नपत्र र उत्तरपुस्तिका सबै पुग्यो

चैत ६ गतेदेखि हुने एसईई परीक्षामा सहभागी केन्द्राध्यक्ष हरुलाई शिक्षा बिकास तथा समन्वय ईकाईले अभिमुखिकरण तालिम दिएको छ । परीक्षा कसरी मर्यादित र शान्त बतावरणमा सम्पन्न गर्ने भन्ने बारे उनीहरुलाई जानकारी गराइएको शिक्षा बिकास तथा समन्वय ईकाई अधिकृत राम बहादुर अधिकारीले बताए ।

२५ वटा केन्द्र निर्धारण गरिएको छ । ती मध्ये जनजागृती आधारभुत विद्यालय माछिखोलामा मेघनाथ लामिछाने, भगवती हिमालय मावि घैरुङ चेतनाथ पन्त, ताङ्लिकोच मावि ताङ्लिचोक पिताम्बर देवकोटा केन्द्राध्यक्ष तोकिएको छ । बाँकी २२ वटा परीक्षा केन्द्रमा सोही विद्यालयका प्रधानाध्यापक केन्द्राध्यक्ष तोकिएको छ । ‘सबैलाई नियुक्तीपत्र, परीक्षा सामग्री, निर्देशिका पुस्तिका बुझाइयो’ अधिकारीले भने ‘प्रश्नपत्र र उत्तर पुस्तिका सबै केन्द्रमा पुगिसकेको छ ।’

यस वर्ष गोरखाबाट चार हजार पाँच सय २८ जन परीक्षार्थी एसईईमा सहभागी हुँदैछन् । ती मध्ये ग्रेडवृद्धीमा २१ जना, प्राविधिक विषय तर्फ एक सय १३ जना रहेका छन् । मनकामना बहिरा माध्यामिक विद्यालयबाट १३ जना परीक्षार्थी सहभागी हुँदैछन् । १० जना विद्यार्थीे हाँजिर नपुगेका कारण परीक्षा दिनबाट बञ्चित भएको शिक्षा बिकास तथा समन्वय ईकाई अधिकृत रामबहादुर अधिकारीले बताए । उनीहरुको परीक्षा फारम अर्को पटक पुन हाँजिर पु¥याएर दिन मिल्ने गरी विद्यालयलाई फिर्ता पठाइएको ईकाईले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्