
गोरखामा अत्यावस्यक औषधि अभाव हुँदैन ः संघ
औषधि ब्यवशायी संघ गोरखाले अत्यावस्यक औषधिगोरखामा अभाव नरहेको बताएको छ । भारतले बिभिन्न २६ प्रकारका औषधि निर्याातमा प्रतिबन्ध लगाएपछि गोरखा लगायत नेपालभर औषधि अभाव हुने आँकलन भईरहेका बेला औषधि ब्यवशायी संघ गोरखाले अभाव नहुने बताएको हो ।
‘अहिले भईरहेको स्टक औषधिले तीन महिना सम्म पुग्न सक्छ’ संघका जिल्ला अध्यक्ष संगमबाबु श्रेष्ठले भने । गोरखामा ४२ जना ब्यवशायी संघमा आवद्ध भएर औषधी ब्यापार गरिरहेका छन् । उनीहरु सँग मौजाद भएको औषधिले पनि गोरखाको मानिसका लागि केही महिना थेग्ने अध्यक्ष श्रेष्ठले बताए ।
यस्तै औषधि उत्पादक संघले नेपालमा ६ महिनासम्म औषधिको अभाव नहुने बताएको छ । संघका निवर्तमान अध्यक्ष दीपकप्रसाद दाहालले जनवरीमा मात्रै ३८ मेट्रिक टन पारासिटामोल आएको बताए । संघका महासचिव बिप्लव अधिकारीले नेपाल ७५ प्रतिशत औषधिमा आत्मनिर्भर रहेको बताए। अफ्ठ्यारो अवस्थामा सरकारले विदेशमा माग्नुभन्दा नेपाली उद्योगिहरुलाई प्रोत्साहन गर्नुपर्ने उनले बताए ।




