
भिडभाड हुने कार्यक्रम नगर्न प्रशासनको आग्रह, पूर्वनिर्धारित कार्यक्रम धमाधम स्थगित
कोरोना भाइरसको प्रभाव बढ्दै गएकाले त्यसबाट सजगता अपनाउन जिल्ला प्रशासन कार्यालय गोरखाले भीडभाड हुने खालका कार्यक्रम नगर्न नगराउन आग्रह गरेको छ ।
प्रशासकीय अधिकृत हर्क रोकाले बिहिवार एक सुचना जारी गर्दै छिमेकी राष्ट्र चीनबाट सुरु भएको कोरोना भाईरसको संक्रमण ७७ वटा मुलुकमा फैलिएको र ९० हजार भन्दाबढि संक्रमित भएकाले समेत रहन भनिएको छ । सो सूचनापछि पूर्वनिर्धारित कार्यक्रम धमाधम स्थगित हुन थालेका छन् ।
कोरोनाका कारण तीन हजार एक सय १० जनाले ज्यान गुमाइसकेका छन् । विश्वभरि कोरोनाको उच्च जोखिम रहेकाले उक्त भाइरहेको संभावित संक्रमणबाट जोगिन मेला, महोत्सव, सार्वजनिक कार्यक्रम नगर्न र नगराउन प्रशासनले अनुरोध गरेको हो । आफ्नो स्वास्थ्यबारे नियमित ख्याल राख्न, ब्यक्तिगत सरसफाईमा ध्यान दिन, भिडभाड भएको ठाउँमा नजान, मास्कको प्रयोग गर्न, समान्य स्वास्थ्य समस्या देखिएमा चेकजाँच गर्न पनि सुचना मार्फत सर्व साधारणलाई सचेत गराइएको छ । ज्वारो आउने, स्वास प्रश्वासमा समस्या हुने, खोकी लाग्ने, जिउ दुख्ने जस्ता लक्षण देखिएमा हेलचेक्राई नगर्न सुझाब दिइएको छ ।
सार्वजनिक स्थलमा भेटघाट, जमघट, सभा सम्मेलन, मेला पर्व जस्ता कुनैपनि कार्यक्रम नगर्न र त्यस्ता कार्यक्रममा सहभागी नहुन समेत अनुरोध गरिएको प्रशासकीय अधिकृत रोकाले जानकारी दिए । फागुन २६ गते परेको फागुपर्व (होली) को समयमा जथाभावी रङ दल्ने, भिडभाड गर्ने गतिविधि नगर्न अुनरोध गरिएको छ ।
धेरै मानिस एकै ठाउँमा हुँदा स्वासप्रस्वासको माध्यमबाट रोग सर्ने खतरा हुने भएकाले सचेत रहन सर्वसाधरणलाई पनि सुझाब दिँदै आएका छन् । पछिल्लो समय एक आपसमा भेट हुँदा नमस्कार गर्ने हात नमिलाउने, नियमित मास्कको प्रयोग गर्ने क्रम सर्वसाधारणमा बढेको छ । यसले पनि कोरोना भाईरसबाट सुरक्षित रहनु मद्धत पुग्नेछ । बजारमा अहिले माक्सको अभाव छ । मास्क लुकाएर महँगो मा बिक्री गरेको भेटिएका केही ठाउँमा ब्यापारीलाई नियन्त्रणमा लिएर कारवाही भएको छ ।




