
केराबारी माविको भ्रष्टाचार प्रकरण : अख्तियारद्वारा प्रअ शिवकुमार विरुद्ध चार मुद्धा, प्राविधिकविरुद्ध दुई
सिरानचोक गाउँपालिका १ केराबारीको नेपाने माविका प्रधानाध्यापक शिवकुमार शाहलाई बिभिन्न चार वटा शीर्षकमा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्धा दर्ता गरेको छ ।
साथै झुठ्ठा कार्य सम्पन्न प्रतिवेदन तथा नापी किताब तयार गरी नेपाल सरकारबाट प्राप्त अनुदान रकम हिनामिना गरी हानिनोक्सानी गर्ने गराउने कार्यमा प्रत्यक्ष रुपमा संलग्न रहेको तथ्य पुष्टि हुन आएको भन्दै शिक्षा विकास तथा समन्वय इकाइ गोरखाका सव इञ्जिनियर विकास झा विरुद्ध दुई वटा शीर्षकमा मुद्धा दर्ता गरेको छ । उनीहरु दुवैलाई अख्तियारले तीन महिना अघि देखि नियन्त्रणमा लिएर थुनामा राखेको छ ।
नेपाने माविका प्रधानाध्यापक शिवकुमार साहले तत्कालीन जिल्ला शिक्षा कार्यालय गोरखाबाट रेट्रो मेन्टेनेन्स बापत प्राप्त दुईलाख पचास हजार र मर्मत शीर्षक जम्मा एक लाखसमेत विद्यालयमा कुनै पनि कार्य नगरी बदनियत साथ आफूले खाएको अख्तियारको छानबिनबाट पुष्टि भएको जनाएको छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेकाले शाहविरुद्ध तीन लाख पचास हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय गरी हानि नोक्सानीको बिगो रकम समेत सोही ऐनको दफा १७ बमोजिम असुलउपर हुन मागदाबी लिई मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
त्यस्तै प्रधानाध्यापक शिवकुमार साहले छात्रवृत्ति, पोशाक, झोला खरिदका लागि प्राप्त अनुदान तथा सौचालय निर्माणका लागि प्राप्त रकमबाट काम नै नगरी हिनामिना गरेको आरोप सप्रमाण पुष्टि भएको पनि अख्तियारले जनाएको छ ।
छात्रवृति, पोशाक, झोलाका लागि प्राप्त रकम र सम्बन्धित बिद्यार्थीलाई वितरण नै नगरी हिनामिना गरेको, शौचालयको लागि प्राप्त रकम तथा मर्मत शीर्षकमा प्राप्त रकमबाट छात्रा शौचालय तथा फर्निचर मर्मत र निर्माण नै नगरी विद्यालय व्यवस्थापन समितिको झुठ्ठा निर्णय, झुठ्ठा नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन एवं झुठ्ठा बिल भरपाई तयार गरी सो रकम शिक्षा विकास तथा समन्वय इकाई गोरखाबाट फछर्यौटसमेत गराई सरकारी सम्पत्ति पाँच लाख ९५ हजार चार सय रुपैयाँ बदनियतसाथ हिनामिना गरेको पुष्टि हुन आएको अख्तियारको ठहर छ ।
प्रधानाध्यापक साहले तत्कालीन जिल्ला शिक्षा कार्यालय गोरखाबाट लाइब्रेरी व्यवस्थापनका लागि फिक्सिङ्ग र किताब खरिद शीर्षकमा झुठ्ठा बिल भरपाई तथा कागजातहरु तयार गरी अनुदान शीर्षकको रकम हिनामिना गरी खाई मासेको तथ्य स(प्रमाण पुष्टि हुन आएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएकाले बिगो रु. छ लाख ५० हजार रुपैयाँ बिगो रकमसमेत सोही ऐनको दफा १७ बमोजिम असुलउपर हुन मागदाबी लिई मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
त्यस्तै प्रधानाध्यापक साहले तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट ट्रस भवन मर्मतका लागि प्राप्त सोह्र लाख दस हजार रुपैयाँमध्ये पाँच लाख भवन मर्मत उपभोक्ता समितिलाई दिई बाँकी एघार लाख दस हजार रुपैयाँ हिनामिना गरेको आरोपमा पनि मुद्दा दर्ता गरेको छ । विद्यालय व्यवस्थापन समितिको झुठ्ठा निर्णय, नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन एवं झुठ्ठा बिल भरपाई तयार गरी सो रकम शिक्षा विकास तथा समन्वय इकाई गोरखाबाट फछर्यौटसमेत गराई हिनामिना गरेको अख्तियारले जनाएको छ ।
गणित, विज्ञान तथा अंग्रेजी प्रयोगशाला निर्माणका लागि तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट प्राप्त रकम एक लाख पचास हजारबाट गणित, विज्ञान तथा अंग्रेजी प्रयोगशाला निर्माणको कुनै कार्य नगरी रकम दुरुपयोग गरेको अख्तियारको ठहर छ । साथै साविक केराबारी गाविसबाट शैक्षिक सामग्री खरिद शीर्षकमा बहत्तर हजार दुई सय बयानब्बे रुपैयाँ लिई विद्यालय व्यवस्थापन समितिको झुठ्ठा निर्णय तयार गरी, नक्कली बिल भरपाई पेश गरी कूल १३ लाख बत्तीस हजार दुई सय बयानब्बे रुपैयाँ हिनामिना गरी भ्रष्टाचारजन्य कसुर गरेको तथ्य पुष्टि भएको अख्तियारको दाबी छ । अख्तियारले बिगो बापत. १३ लाख, ३२ हजार २९२ कायम गरी बिगो रकम सोही ऐनको दफा १७ बमोजिम असुल उपर हुन गरी कारबाही गर्नसमेत मागदाबी गरेको छ ।
त्यस्तै साथै शिक्षा विकास तथा समन्वय इकाईका प्राविधिक सव(इन्जिनियर बिकास झाले शिवकुमार साहसँग मिलेमतो गरी बदनियतसाथ झुा कार्य सम्पन्न प्रतिवेदन तथा नापी किताब तयार गरी विद्यालयको लागि नेपाल सरकारबाट अनुदान प्राप्त मर्मत शीर्षक, छात्रा शौचालय निर्माण गरी नेपाल सरकारको जम्मा तीन लाख पचास हजार हिनामिना तथा हानिनोक्सानी गर्ने गराउने कार्यमा प्रत्यक्ष रुपमा संलग्न रहेको तथ्य पुष्टि हुन आएको र निजले गरेको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कुसर भएकाले निज बिकास झालाई बिगो रु. ३,५०,०००।( कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय गरी दफा १७ बमोजिम हानिनोक्सानी बिगो रकम असुल उपर हुनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई गोरखाका प्राविधिक सवइन्जिनियर बिकास झाले शिवकुमार साहसँग मिलेमतो गरी ट्रस भवन मर्मतको रकम फरफारक गर्नका लागि झुा कार्य सम्पन्न प्रतिवेदन तथा नापी किताब तयार गरी मर्मत शीर्षकको रु. ११ लाख १० हजार रुपैयाँ हिनामिना गरेको तथ्य पुष्टि हुन आएकोले सजायँ गरी बिगो रकम असुलउपर गर्न मागदाबी लिई विशेष अदालत, काठमाडौंमा मुद्धा दायर गरिएको जनाएको छ ।




