| बिहिबार, बैशाख २०, २०८१

ज्ञानज्योति माविको ६० औं बार्षिकोत्सव सुरु

अजीरकोट गाउँपालिका ३ लप्सीबोटस्थित ज्ञानज्योति माविको ६० औं बार्षिकोत्सव सुरु भएको छ ।

दुई दिने बार्षिकोत्सव तथा अभिभावक समारोहको आइतबार एक समारोहका बीच गण्डकी प्रदेशका सांसद प्रकाचन्द्र दवाडीले उद्घाटन गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एकबहादुर धितालको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन समारोहमा प्रमुख अतिथि सांसद दवाडी, विशेष अतिथि बाबुराम अधिकारी, जिल्ला समन्वय समितिकी सदस्य इन्द्रा गुरुङ, वडा नं. ३ का अध्यक्ष तयराज गुरुङ, वडा नं. ४ का अध्यक्ष जंगबहादुर गुरुङ, अजीरकोट गाउँपालिकाका युवा खेलकुद तथा शिक्षा शाखाका प्रमुख सिताराम पन्त लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

आइतबारदेखि सुरु भएको बार्षिकोत्सव समारोह सोमबार समापन गरिनेछ । कार्यक्रममा बोल्दै सांसद दवाडीले सो विद्यालयका गरिब, जेहेन्दार सातजना विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेका नेविसंघ अजीरकोट गाउँपालिकाका संयोजक प्रवीण गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्