| शुक्रबार, चैत्र १६, २०८०

अनाथ बालबालिकाको स्वास्थ्य परीक्षण गरेर दन्त उपचार सेवा सुरु

 

गोरखा बसपार्कमा रहेको संगम मेडिसेल्सले मानव सेवा आश्रमका अनाथ बालबालिकाको दाँत चेकजाँच गरेर दन्त सेवा सुरु गरेको छ ।

बिभिन्न गोरखाका विशेषज्ञद्वारा बिरामीको चेकजाँच तथा उपचार सेवा दिदै आएको संगम मेडिसेल्स तथा मेडिहेल्थ क्लिनिकले शनिबारदेखि दन्त उपचार बिभागको पनि सुरु गरेको जनाएको छ ।

‘मानव सेवा आश्रममा रहेका बालबालिकाको दाँत तथा अन्य स्वास्थ्य अबस्थाको चेकजाँच ंतथा उपचार गरेर क्लिनिकमा डेल्टल डिपार्टको पनि सुरु गरिएको छ’, क्लिनिकका प्रोपाइटर स्वास्थ्य सहायक संगम श्रेष्ठले भने, ‘सुरुको दिन शनिबार हामीले दन्तरोग विशेषज्ञ ऋषि चौधरी र डेण्डल हाइजनिष्ट इश्वरी श्रेष्ठद्वारा मानव सेवा आश्रममा रहेका ३७ जना बालबालिकाको दाँतसम्बन्धी रोगको परीक्षण ग¥यौं ।

साथै उनीहरुको अन्य स्वास्थ्य परीक्षण पनि ग¥यौं ।’ आश्रममा रहेका सबै बालबालिकालाई व्यक्तिगत स्वास्थ्य सामग्रीसहितको झोला पनि बितरण गरेको जानकारी दिए ।

यसअघि पनि संगम मेडिसेल्स तथा मेडिहेल्थ क्लिनिकले नियमित रुपमा प्रत्येक महिना आश्रमका बालबालिकाको स्वास्थ्य जाँच गर्दै आएको जनाएको छ । यसलाई निरन्तरता दिदै जाने श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्