| आइतवार, कार्तिक २२, २०८३

चनौटे लायगाउँ मगर समूहको भवन निर्माण गर्न रु. ५० हजार प्रदान

सांसद भएवापत पाउने पारिश्रमिक निर्वाचन क्षेत्रभित्रका बिभिन्न विकास निर्माणमा खर्च गर्दै आएका गण्डकी प्रदेश सांसद प्रकाशचन्द्र दवाडीले कात्तिक महिनाको तलवभत्ता पनि समुदायमा प्रदान गरेका छन् ।

बुधबार सम्पन्न एक कार्यक्रममा बारपाक सुलीकोट ४ साबिक सौरपानी गाविस, चनौटे लायगाउँको सामुदायिक भवन निर्माणका लागि प्रदान गरिएको नेपाल विद्यार्थी संघ, अजीरकोट गाउँपालिका संयोजक प्रवीण गुरुङले बताए ।

सांसद दवाडीले चनौटे लायगाउँ मगर समूहको भवन निर्माणका लागि समूहकी अध्यक्ष जीतमाया आले मगरलाई ५० हजार रुपैयाँ हस्तान्तरण गरेका गुरुङले बताए । सो अवसरमा अध्यक्ष जीतमाया आले मगर, बालकुमारी थापा मगर र भक्तबहादुर थापा मगरले धन्यवाद मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्