| बुधबार, कार्तिक २७, २०७६

गोरखा अस्पतालमा मंसीर २ गते मुटुरोग शिविर हुने

 

आउँदो मंसीर दुई गते गोरखा अस्पतालमा मुटुरोगको उपचार शिविर हुने भएको छ । रोटरी क्लव अफ गोरखा गोरखाको आयोजना तथा रोट्रयाक्ट क्लव अफ गोरखा र गोरखा अस्पतालको सहयोगमा एकदिने शिविर हुन लागेको हो ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष तथा शिक्षण अस्पताल स्थित मनमोहन कार्डियोथेरासिस भास्कुलर टून्सप्लान्ट सेण्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइरालालगायतका १० जना विशेषज्ञ डाक्टरहरुको उपस्थितिमा मुटुरोग शिविर हुने रोटरी क्लव अफ गोरखाका अध्यक्ष कृष्ण ढकालले जानकारी दिए ।

शिविरमा अमेरिकाका चर्चित मुटुरोग विशेषज्ञको पनि सहभागिता रहने उनले बताए ।

अहिले हुन लागेको शिविर छैठौं श्रृङ्खला हो । शिविरमा इसिजी, इको, ल्याब लगायत परीक्षण हुने उनले बताए ।
जयन्ती मेमोरियल टूष्टको समन्वयमा हुने शिविरमा मुटुका बिरामीहरुसंग २० रुपैयाँ टिकटको टिकट बाहेक अन्य शुल्क नलाग्ने अध्यक्ष ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्