| बुधबार, कार्तिक २७, २०७६

बुंकोटमा निशुल्क स्वास्थ्य शिविर

शहिद लखन गाउँपालिका ८ को बुंकोटमा निशुल्क स्वास्थ्य शिविर भएको छ । राम्चे प्रावि परिसरमा भएको शिविरमा नौ सय एक जनाले सेवा लिएका छन् । शिवरमा एक सय ७९ जनाले भिडियो एक्सरे र युसजि, तीन सय ४ जनाले ओपिडी , ८० जनाले दन्त , एक सय ५२ जनाले आँखा र दुई सय जनाले रगत सम्बन्धी जाँचको सेवा लिएका वडा अध्यक्ष काशीनाथ अम्गाईले जानकारी दिए । डाक्टर प्रनिश पोख्रेल नेतृत्वको  स्वास्थ्यकर्मीको टोलीले शिविरमा सेवा दिएको थियो ।  वडा कार्यालय तथा बरदान हस्पिटलको आयोजना तथा गोरखा लायन्स आई सर्जिकल सेन्टर गोरखा र गोरखा सामुदायिक डेन्टल अस्पताल, नव इन्द्रेणी युवा क्लबको सहयोगमा शिविर भएको हो ।

प्रतिक्रिया दिनुहोस्