| शनिबार, कार्तिक २, २०७६

मणिकामदेवी मावि र सरस्वती माविमा वन विज्ञान सम्बन्धी पढाइ हुने

 

 

जिल्लामा नै पहिलोपटक गोरखाको दुईवटा विद्यालयमा डिप्लोमा इन फरेस्टी कोर्स सञ्चालन हुने भएको छ ।

प्राविधिक शिक्षा तथा ब्यबसायिक तालिम परिषदको मंगलबार बसेको बैठकले धार्चे ४ लाप्राकको मणिकामदेवी मावि लाप्राक र गोरखा नगरपालिका ८ को सरस्वती माविमा डिप्लोमा इन फरेस्टी सञ्चालनका लागि अनुमति दिएको हो ।

एस ई ई उर्तिण विद्यार्थीले डिप्लोमा इन फरेस्टी अध्ययन गर्न सक्ने मणिकामदेवी माविका प्रअ धनबहादुर गुरुङले जानकारी दिए । यो कोर्ष अध्ययनका लागि एसईई परिक्षामा गणित, विज्ञान र अंग्रेजीमध्ये दुई विषयमा न्युनतम सी र एक विषयमा डि प्लस ल्याउनुपर्ने उनले बताए । तिहार लगत्तै प्रबेश परिक्षा सञ्चालन गरेर पढाई सुरु गर्ने दुबै विद्यालयको तयारी छ ।

अनुमति पाएको दुईवटै विद्यालयमा ४०/४० जनाको कोटा रहेको प्राविधिक शिक्षा तथा ब्यबसायिक तालिम परिषदले जनाएको छ ।वन र वन्यजन्तु संरक्षणको सैद्धान्तिक ज्ञान लिन डिप्लोमा इन फरेस्टी अध्ययन गरिन्छ । तीनवर्षे कोर्स सकिएपछि वन, बन्यजन्तु, भूसंरक्षण, वन अनुसन्धानलगायत क्षेत्रमा रोजगा रीको अवसर पाइन्छ । स्थानीय तहको विस्तारसँगै रोजगारीको सम्भावना फराकिलो भएको सरस्वती माविका प्रअ पुरुषोत्तम भट्टराईले बताए ।

यो कोर्ष पूरा गरेका विद्यार्थी वन क्षेत्रमा काम गर्न चाहेमा लोकसेवामा रेन्जर पदमा प्रतिस्पर्धा गर्न सक्छन् ।पर्याप्त मात्रामा वन सम्पदाको भरिपूर्ण स्थान रहेको बस्ती भएकाले लाप्राकमा भौगोलिक वातावरण सुहाउँदो शिक्षामा पढाउन पाएकोमा मणिकामदेवी माध्यमिक विद्यालयका प्रधाना ध्यापक धनबहादुर गुरुङले खुशी ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्