
गोरखाको वाणिज्य बैंक आजदेखि बिहान सात बजेबाट खुल्ने
सरकारी कारोबार बढि हुने राष्टिूय वाणिज्य बैंक गोरखा शाखाले आइतबारबाट बिहानी सत्रमा पनि सेवा दिने भएको छ ।
दशैं, तिहारलगायत चाडबाडका कारण सेवाग्राहीको चाप बढेपछि बैंकले बिहानी सत्रमा अतिरिक्त सेवा दिने वैंकका सहायक प्रवन्धक सुजन क्याप्छाकी मगरले बताए ।
बिहानी सेवा बिहान सात बजेदेखि ९ बजेसम्म उपलब्ध गराउने वाणिज्य बैकंले जनाएको छ ।
आइतबारदेखि बिहान ७ बजेबाट ९ वजेसम्म बिहानी सत्रमा अतिरिक्त सेवा र बिहान १० वजेदेखि अपरान्ह ४ वजेसम्म सदा झैं नियमित सेवा सञ्चालन हुने शाखाका सहायक प्रवन्धक क्याप्छाकी मगरले बताए ।
बिहानी सत्रमा पनि सम्पूर्ण बैंकिङ कारोबार हुने उनको भनाई छ । दशैं नजिकिएसँगै बैंकमा सेवाग्राहीको चाप बढेको छ । बिहान दुई घण्टा अतिरिक्त समयमा पनि सेवा प्रवाह गरेपछि सेवाग्राहीलाई सहज हुने वाणिज्य बैङ्क गोरखा शाखाको विश्वास छ




