| आइतवार, कार्तिक २२, २०८३

जिल्ला कारागारका कैदी बन्दीको आँखा परीक्षण

दरौंदी ः जिल्ला कारागारका कैदी तथा थुनुवाको आँखा जाँच गरिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कारागार मा आँखा शिविर सञ्चालन गरेको हो । सो क्रममा बिभिन्न अभियोगमा कारागारमा रहेका तथा सजायँ भुक्तान गरिरहेका ९६ जना कैदी तथा थुनुवाको आँखा जाच गरेको प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए । लाइन्स क्लव अफ गोरखाको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्