| शुक्रबार, अशोज ३, २०७६

गोरखामा कुमारी वैंकको एकसय दुईऔं शाखा स्थापना

 

नेपाल राष्ट्रवैंकबाट ‘क’ वर्गको मान्यता पाएको कुमारी बैंक लिमिटेडले गोरखा बजारमा शाखा बिस्तार गरेको छ । एकसय दुईऔं शाखाको रुपमा बिहिबारदेखि गोरखामा शाखा बिस्तार गरिएको वैंकका शाखा प्रबन्धक उमेशप्रसाद दवाडीले जानकारी दिए ।
औपचारिक रुपमा एकमहिनाभित्र उद्घाटन गर्ने गरी वैंकले हाललाई अनौपचारिक रुपमा कारोबार प्रारम्भ गरेको प्रबन्धक दवाडीले जानकारी दिए ।

वैंकको १०६ शाखा र तीन वटा एक्सटेण्सन काउण्टर रहेका छन् । गोरखाको सबैभन्दा दुर्गममा रहेको चुमनुब्री गाउँपालिकामा पनि शाखा सञ्चालन गरेको छ ।

कारोबार सुरु गरेसंगै वैंकले परिवार सुरक्षा बचत खाता आरम्भ गरेको छ । परिवार सुरक्षा बचत खातामा न्यूनत्तम १० हजार रुपैयाँ बचत गरेपछि २६ लाख रुपैयाँ बरावरको बीमा हुने ब्यवस्था गरिएको शाखा प्रबन्धक दवाडीले बताए । ‘२१ बर्षमुनिका दुई सन्तान र बुबा आमा गरी चार जनाको औषधोपचार बिमा, १० घातक रोगको उपचार बिमा, आकस्मिक दुर्घटना बिमा हुनेछ’, उनले भने ‘यो सेवा गोरखाका लागि नयाँ हो जुन हामीले मात्र सञ्चालन गरेका छौं ।’ एटिएम सेवा पनि सञ्चालनको तयारी गरिएको उनले बताए ।
बिहिबार गोरखा र मेलम्चीमा एकसाथ दुई शाखा सञ्चालन भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्