| बुधबार, भदौ ४, २०७६

गोरखा नगरपालिका भित्रका विद्यालय सोमबार बिदा हुने

गोरखा नगरपालिकाभित्रका विद्यालयहरु भोली बिदा हुने भएको छ ।

नगरपालिकाले बकर इदको अबसरमा साउन २७ गते सोमबार सामुदायिक तथा संस्थागत सबै विद्यालयलाई बिदा दिने निर्णय गरेको हो । नगरपालिका भित्र ६९ विद्यालय रहेका छन् ।

मुस्लिम समुदायको मुख्य चाड बकर इदका अबसरमा चाड मनाउन विद्यालय बिदा दिने निर्णय भएको नगरपालिकाको सामाजिक विकास समितिका संयोजक एवमं वडा नं २ का अध्यक्ष रहमतुल्ला मियाँले जानकारी दिए ।

नगरपालिका क्षेत्रमा मुस्लिम समुदायको बाक्लो बस्ती रहेकाले चाड मनाउन बिदा दिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्