| आइतवार, कार्तिक २२, २०८३

रामशाह माध्यामिक विद्यालयको भवन पुनर्निर्माण सम्पन्न

भूकम्पले भत्किएको रामशाह माध्यामिक विद्यालयको भवन पुनर्निर्माण सम्पन्न भएको छ । जापनिज सहयोग नियोग (जाईका) को छ करोड २५ लाख १५ हजार ऋण सहयोगमा विद्यालयमा १६ कोठाका दुईवटा ब्लक र शौचालय बनेका हुन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाई (शिक्षा) मार्फत लुम्बिनी खानी रमण जेभीले एक बर्षको अबधिमा भवन निर्माण सम्पन्न गरेको हो ।

विद्यालयमा १२ कक्षाकोठा भएको तिनतले भवन, पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर कक्षा र इसिडी कक्षा रहेको चारकोठे भवन र छात्र छात्राका लागि छुट्टाछुट्टै शौचालय निर्माण भएको प्रधानाध्यापक गणेशकुमार श्रेष्ठले जानकारी दिए ।

नवनिर्मित भवन केन्द्रिय आयोजना कार्यन्वयन इकाईले विद्यालय व्यवस्थापन समितिलाई भवन हस्तान्तरण गरेको छ ।

जाइकाले विद्यालयमा फर्निचर लगायतका सामाग्री पनि सहयोग गरेको प्रधानाध्यापक श्रेष्ठको भनाई छ । नयाँ भवन बनेपछि टहरामा कक्षा चलाउनुपर्ने बाध्यता हटेको उनले बताए । सोमबार बाट नै नयाँ भवनमा कक्षा सञ्चालन गर्ने तयारी रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्