| सोमवार, कार्तिक २३, २०८३

सामुदायिक विद्यालयमा पनि निजीकै जस्तै शुल्क

भूकम्पमा क्षति भएका १५ विद्यालय एडिबीले रेट्रोफिटिङ गर्ने

 

भूकम्पले आंशिक क्षति पुगेका गोरखाका १५ विद्यालयको रेट्रोफिटिङ हुने भएको छ । एसीयाली विकास बैंक (एडिबि)को आर्थिक सहयोगमा विद्यालय रेटूोफिटिङ गर्ने तयारी भएको राष्टिूय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)ले जनाएको छ ।

इकाईले जिल्लाका ७५ विद्यालय रेट्रोफिटिङका लागि एडिबीमा सिफारीस गरेपनि उसले १५ विद्यालय मात्र छनौट गरेको इकाईका इन्जिनियर बाबुराम देवकोटाले जानकारी दिए ।

रेट्रोफिटिङका लागि छनौट भएका विद्यालयमा सरस्वती माध्यामिक विद्यालय आहाले, मनकामना बहिरा आबासीय माध्यामिक विद्यालय टक्सार, महेन्द्रज्योती माध्यामिक विद्यालय दरबारमार्ग, नवज्योती माध्यामिक विद्यालय डण्डीडाँडा, महेन्द्र माध्यामिक विद्यालय कुन्दुर, विन्द्याबासिनी माध्यामिक विद्यालय नारेश्वर र रत्नलक्ष्मी माध्यामिक विद्यालय डुम्रीडाँडा छन् । यस्तै, जनता माध्यामिक विद्यालय आपँपिपल, त्रिवेणी माध्यामिक विद्यालय मिरकोट, गण्डकी माध्यामिक विद्यालय थुमी, नवजागृती चण्डी माध्यामिक विद्यालय अश्राङ, शान्ति माध्यामिक विद्यालय बगुवा, जनजागृति आधारभुत विद्यालय लप्सीबोट गुम्दा, शहिदस्मृति माध्यामिक विद्यालय बुंकोट, र संसारी महेन्द्र माध्यामिक विद्यालय नयाँसाँघु पनि रेट्रोफिटिङ का लागि एडिबीले छनौट गरेको छ ।

छनौट भएका विद्यालयमा सर्भे सुरु भएको इकाईले जनाएको छ । एडिबीका कन्सल्टयान्ट मार्फत सर्भे भैरहेको इन्जिनियर देवकोटाले बताए । ‘अहिले सर्भेको काम धमाधम भैरहेको छ’ उनले भने ‘यो प्रोजेक्ट अन्तरगत आंशिक क्षति भएका आरसिसी भवन रेट्रोफिटिङ मात्रै होइन, थप कक्षाकोठा चाहिए बनाउने, घेराबार आबश्यक भए लगाउने, शौचालय अपुग भए बनाउने लगायतका योजना पनि छन् ।’ सर्भे भएपछि बास्तविक विवरण प्राप्त हुने उनको भनाई छ । आबश्यकताका आधारमा संरचना निर्माण गरिने भएकाले यस कार्यक्रम मार्फत जिल्लामा खर्च हुने रकम यकिन नभएको इन्जिनियर देवकोटाले जानकारी दिए ।

भूकम्पले क्षतिग्रस्त गोरखाका अधिकांश निर्माण सम्पन्न भइसकेका छन् । भवन नै नभएका विद्यालय कुनै पनि नभएका कार्यालयले जनाएको छ । तीनहजार वटा कक्षाकोठा क्षतिग्रस्त भएकामध्य अब ४५० वटा निर्माण गर्नुपर्ने छ । २१३ वटा अस्थायी भवन(टिएलसी) छन् । टिएलसीलाई छाडेर एकसय ६ वटा कक्षाकोठा बनाउनु पर्ने कार्यालयको अभिलेखमा छ ।

प्रतिक्रिया दिनुहोस्