| आइतवार, कार्तिक २२, २०८३

विप्लव निकटको आरोपमा काङ्ग्रेस निकट स्वास्थ्यकर्मी पक्राऊ

 

‘विप्लव’ नेतृत्वको नेकपाको गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले सिनियर अहेबलाई पक्राउ गरेको छ । गोरखा नगरपालिका १० निबासी रामचन्द्र पाण्डे(हनुमानको नाति)लाई आइतबार बिहान घरबाटै पक्राउ गरेको परिबारस्रोतले जानकारी दिएको छ ।

पाण्डे गोरखा नगरपालिका अन्र्तगतको शहरी स्वास्थ्य केन्द्र छेवेटारमा कार्यरत छन् ।

पाण्डे नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल स्वास्थ्यकर्मी संघका गोरखा जिल्ला उपाध्यक्ष र गण्डकी प्रदेशका उपाध्यक्ष समेत हुन् ।

काङ्ग्रेसकै अर्को शुभेच्छुक संस्था निजामती कर्मचारी युनियन(संघ)को जिल्ला सदस्य  हुन् । उनको गतिविधि केही शंकास्पद रहेको र थप अनुसन्धान गर्नुपर्ने देखिएकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी महेन्द्र नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस्