| सोमवार, कार्तिक २३, २०८३

नायिका करिष्माको बी प्लस

 

चर्चित नायिका करिष्मा मानन्धरले यसबर्षको एसईई परीक्षा ‘बी प्लस’ ल्याएर पास गरेकी छन् ।
लामो अभिनय यात्रापछि तीन वर्षअघि काठमाडौंको मैतीदेवीमा रहेको त्रिवेणी पब्लिक विद्यालयमा भर्ना भएकी करिष्माले गत चैतमा एसईई परीक्षा दिएकी थिइन् । उनको परीक्षा केन्द्र विजय स्मारक माध्यमिक विद्यालयमा परेको थियो।
बिहीबार सार्वजनिक भएको एसईई नतिजापछि आफूलाई बधाई दिनेको भिड लागेको उनले सुनाइन् । ‘बी प्लस ल्याएर पास गरेकी छु’, उनले खुसी हुँदै भनिन् ।

प्रतिक्रिया दिनुहोस्