
गाउँपालिकाभरि अजीरकोटको सेरोफेरो पाठ्यपुस्तक पढाउने’
अजिरकोट गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि ‘अजिरकोटको सेरोफेरो’ नामको पाठ्यपुस्तक लागू गर्ने भएको छ । गाउँपालिका का अध्यक्ष फडिन्द्र धितालले बिहिबार आर्थिक बर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यालयमा अजिरकोटको परिचय झल्कने गरी अजिरकोटको सेरोफेरो पुस्तक लागू गर्ने निर्णय भएको जानकारी दिए ।
गाउँपालिकाको धार्मिक, ऐतिहासिक, पर्यटन, कृषि लगायत समग्रमा परिचय झल्कने गरी पाठ्यपुस्तक बनाएर २९ वटै विद्यालयमा पठनपाठन सञ्चालन गर्ने तय भएको उनले बताए । ‘हामीले एग्रो र इको टुरिजम प्रवद्र्धन गर्दैछौ’, उनले भने, ‘गाउँमा भित्रने पर्यटकलाई यहाँको अबस्था बताउन र आफ्नो ठाउँको बारेमा जान्न स्कुल स्तरबाट नै बालबालिकालाई सक्षम बनाउन यो कार्यक्रम उपयोगी हुने विश्वास लिएका छौं ।’
विज्ञहरुसँग छलफलका आधारमा पाठ्यपुस्तक तयार गरेर लागू गर्ने उनको भनाई छ । ‘कतिदेखि कति कक्षासम्म लागु गर्ने र पाठ्यपुस्तकमा के के स मेट्ने भन्ने बारेमा विज्ञको परमर्श लिनेछौं’, उनले भने ।
गाउँपालिकाले सुत्केरी आमाहरुको पौष्टिक आहारका लागि पोषणयुक्त सामाग्रीहरु सहितको ‘माईतीको कोसेली’ नामक पौष्टिक आहारयुक्त झोला वितरण गर्ने कार्यक्रम पनि तय गरेको छ । आगामी आर्थिक बर्ष अजिरकोटको आहृवान, नारीको उत्थान भन्ने नाराका साथ “उपाध्यक्ष महिला उत्थान कार्यक्रम” संचालन गर्ने नीति तथा कार्यक्रममा समावेश छ ।
बिहीबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा ८० वर्ष नाघेका वृद्ध वृद्धाहरुलाई ‘बुढेस कालको सहारा’ कार्यक्रम लागू गर्ने उल्लेख छ । त्यसअन्तर्गत के के कार्यक्रम पर्छन् भन्ने बारे पछि निल्र्यौल गरिने उनले बताए ।
कफी तथा अलैंची खेतीको विस्तृत परियोजना प्रतिवेदन तयार गरी अभियानकै रुपमा कार्यान्वयन गर्ने अध्यक्ष धितालले बताए । निति तथा कार्यक्रम अनुसार गाउँ पालिका स्तरीय नमुना कृषि फार्मको निर्माण गरी मौरी पालन, फलफुलखेती, अलंैची तथा कफी खेती जस्ता नगदे बाली तथा वेमौसमी अर्गानिक तरकारी खेतीको प्रवद्र्धन गरिने छ ।
अजिरकोटले धार्चे र बारपाक सुलीकोट गाउपालिकासंगको समन्वय र सहकार्यमा हर्वल जोन निर्माण गरी जटा मसी, निरमंसी, पाँच औंले, लौठ सल्ला, कुट्की, सतुवा, यार्सा जस्ता मुल्यवान जडीबुटि संरक्षण तथा प्रवद्र्धन गर्दै नागरिकको दीगो आय आर्जनसंग एकाकार गर्ने निति पनि बनाएको छ । उज्यालो अजिरकोट मुल नारा सहित वैकल्पिक उर्जा मार्फत टोलवस्तीहरुमा उज्यालो गाउँको व्यवस्था गर्ने र केन्द्रिय प्रसारण लाईन विस्तार र लघु जल विद्युत हरुको मर्मत संम्भारलाई निरन्तरता दिने तय भएको अध्यक्ष धितालले जानकारी दिए । भूकम्प प्रभावित को जिविकोपार्जन संग सम्वन्धित आयआर्जनका कार्यक्रमहरु संचालन गर्ने, गाउँपालिका स्तरिय विपद् व्यवस्थापन केन्द्र स्थापना गर्ने पनि उनले बताए । आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष धितालले समयमै काम सक्ने उपभोक्ता समिति तथा निर्माण व्यवसायीलाई प्रोत्साहित गर्ने र गाउँपालिकाका आयोजनाहरुलाई क्रमशः डोजर निषेधित आयोजनाको रुपमा परिणत गर्ने बताए । पानीका मुलहरुको संरक्षण, पहिरो नियन्त्रण, तटवन्ध, भूक्षयको रोकथाम गर्दै भ(ूसंरक्षण र जलाधार संरक्षणका कार्यक्रमहरु लागू गर्ने र एक घर एक बोट, हरियाली अजिरकोट कार्यक्रम लागू गरी हरेकघर, टोल वस्ती, सडक पेटी तथा सार्वजनिक स्थलहरुमा वृक्षारोपण गर्ने पनि अजिरकोट गाउँपालिकाको निति तथा कार्यक्रममा समेटिएको छ ।




