
गोरखाका स्थानीय तहलाई संघबाट आउने अनुदान बढ्यो
अनुपमा खनाल :
संघीय सरकारले गोरखाका स्थानीय तहलाई दिने अनुदान रकम बढाएको छ ।
गोरखाका ११ स्थानीय तहलाई आर्थिक बर्ष २०७६÷७७ का लागि दिने वित्तिय समानिकरण र सशर्त अनुदान रकम चालु आर्थिक बर्षको तुलनामा १५ करोड चार लाख रुपैयाँले बढि रहेको अर्थ मन्त्रालयले जनाएको छ । गोरखा मा चालु आर्थिक बर्ष वित्तिय समानिकरण र शसर्त अनुदान गरी तीन अर्ब १९ करोड चार लाख रुपैया वजेट उपलब्ध गराएको संघिय सरकारले आगामी आर्थिक बर्षका लागि तीन अर्ब ३४ करोड ८ लाख रुपैयाँ विनियोजन गरेको छ ।
आगामी आर्थिक बर्ष संघिय सरकारले गोरखाका स्थानिय तहलाई एक अर्ब ४९ करोड ४१ लाख रुपैयाँ वित्तिय समानिकरण अनुदान र एक अर्ब ८४ करोड ६७ लाख रुपैयाँ शशर्त अनुदान दिने भएको हो ।

गोरखा नगरपालिकाले आगामी बर्ष योबर्ष भन्दा कम बजेट पाउने भएको छ भने अरु स्थानीय तहले पाउने अनुदान रकम बढेको छ ।
चालु आर्थिक बर्ष ५१ करोड ७३ लाख रुपैया वजेट पाएको गोरखा नगरपालिकाले आगामी बर्ष ५० करोड २५ लाख रुपैयाँ मात्रै अनुदान पाउने छ ।
चालु आर्थिक बर्ष ४१ करोड ५२ लाख रुपैया पाएको पालुङटार नगरपालिकाले आगामी बर्ष १९ लाख रुपैयाँ बढि अनुदान पाउने भएको छ । संघिय सरकारले पालुङटार नगरपालिकालाई ४१ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
जिल्लाका गाउँपालिकामध्ये सबैभन्दा धेरै बजेट सिरानचोक गाउँपालिकाले पाउने भएको छ । चालु बर्ष ३२ करोड ५२ लाख रुपैया पाएको सिरानचोकले आगामी बर्ष ३४ करोड ४४ लाख रुपैयाँ पाउने अर्थ मन्त्रालयले जनाएको छ ।
गतबर्ष जिल्लामा नै सबैभन्दा कम १३ करोड २७ लाख रुपैयाँ बजेट पाएको चुमनुब्री गाउँपालिकाले आगामी आर्थिक बर्ष१५ करोड १४ लाख रुपैयाँ पाउने भएको छ । यो रकम पनि ११ स्थानीय तहमध्ये सबैभन्दा कम हो ।
धार्चे गाउँपालिकाले यो बर्षको तुलनामा तिन करोड ६८ लाख रुपैयाँ बढि अनुदान पाउने भएको छ । चालु बर्ष १४ करोड ५७ लाख रुपैयाँ बजेट पाएको धार्चेले आगामी आर्थिक बर्ष १८ करोड २५ लाख रुपैयाँ पाउनेछ ।
आरुघाट गाउँपालिकाले पाउने अनुदान रकम पनि बढेको छ । चालु बर्ष २६ करोड ७१ लाख रुपैयाँ अनुदान पाएको आरुघाट गाउँपालिकाले आगामी बर्ष २८ करोड २ लाख रुपैयाँ पाउने भएको छ ।
चालु बर्ष संघिय सरकारबाट २० करोड ६० लाख रुपैयाँ अनुदान पाएको अजिरकोट गाउँपलिकाले आगामी आर्थिक बर्ष २२ करोड ४९ लाख रुपैयाँ पाउने भएको छ । चालु बर्ष २७ करोड ७४ लाख रुपैयाँ बजेट पाएको गण्डकी गाउँपालिकाका लागि संघिय सरकारले आगामी बर्षका लागि २९ करोड ३१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
यो बर्ष २९ करोड ७७ लाख रुपैयाँ अनुदान पाएको भिमसेन थापा गाउँपालिकालाई संघिय सरकारले आगामी बर्ष ३१ करोड ३२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । शहिद लखन गाउँपालिकाले आगामी बर्ष ३२ करोड १९ लाख रुपैयाँ बजेट पाउने भएको छ । उसले चालु बर्ष वित्तिय समानिकरण र शशर्त अनुदानमा ३१ करोड ९ लाख रुपैयाँ बजेट प्राप्त गरेको थियो ।
बारपाक सुलिकोट गाउँपालिकाले आगामी बर्ष ३० करोड ९६ लाख रुपैयाँ बजेट पाउने भएको छ । चालु बर्ष उसले २९ करोड १२ लाख रुपैयाँ बजेट पाएको थियो ।




