
रिचेत खोला जलविद्युत आयोजनाका लागि लगानी जुट्यो
अनुपमा खनाल
माथिल्लो रिचेत खोला जलविद्युत आयोजना निर्माण गर्नका लागि लगानी जुटेको छ । गोरखा जिल्लाको आरुघाट र धार्चे गांउँपालिकाको सिमानामा रहेको माथिल्लो रिचेत आयोजनामा राष्टिूय वाणिज्य बैंकले लगानी गर्ने भएको हो । एक कार्यक्रमकाबीच प्रवद्र्धन र बैंकबीच वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा आयोजनाका तर्फबाट आनन्द प्रधानले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ हस्ताक्षर गरे । आरुघाट र धार्चे गाउँपालिकामा निर्माणाधीन दुई मेगावाटको आयोजनाको लागत ३६ करोड ९२ लाख रुपैयाँ अनुमान गरिएको छ । बैंकले १०.२८ प्रतिशत वार्षिक ब्याजमा गरेको लगानी १४ वर्षमा फिर्ता गर्ने सहमति (पे ब्याक पिरियड) भएको छ ।
वार्षिक एक करोड पाँच लाख ६० हजार युनिट विद्युत उत्पादन हुने आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ४६ लाख रुपैयाँ तोकिएको छ । आयोजनामा ६७.७१ प्रतिशत ऋण र ३२.२९ प्रतिशत स्वपुँजी लगानी हुनेछ । कर्जा प्रशोधन शुल्क समेत अन्य बैंकको तुलनामा अत्यन्तै न्यून रहेको बताइएको छ । आयोजनाको प्रर्वद्धकहरु आनन्दप्रधान, दिवश भट्टराई, हरी भण्डारी र अर्जुनप्रसाद पौडेल जलबिद्युत प्रबद्धन क्षेत्रमा लामो अनुभव संगालेको व्यक्तिहरु हुन् ।
हाईडूोपावर विकासमा लामो अनुभव भएकै कारण सो क्षेत्रमा आफ्नो उद्यमशिलता बढाउन आयोजनामा लगानी गर्न अग्रसर देखिएको प्रवद्र्धकहरुले बताएका छन् ।




