
कांग्रेसले १३ वर्षदेखिका विद्यार्थीलाई प्रशिक्षण दिने
नयाँ पुस्तालाई पार्टीप्रति आकर्षित गर्न नेपाली कांग्रेसले १३ वर्षदेखिका विद्यार्थी लक्षित कार्यक्रम सञ्चालन गर्ने भएको छ । काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको सभापतित्वमा बसेको बैठकले १३ देखि १८ वर्षका विद्यार्थीका लागि प्रशिक्षण दिने निर्णय गरेको हो ।
प्रतिष्ठानको निर्णयमा भनिएको छ, ‘नेपाली कांग्रेसमा नयाँ पुस्तालाई आकर्षण गराउन १३ वर्षदेखि १८ वर्षका विद्यार्थीका लागि र १९ वर्षदेखि २८ वर्षसम्म उमेर समूहका लािग विशेष कार्यक्रम तर्जुमा गरी संचालन गर्ने ।’
पार्टीको संघीय संसद सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेशसभा सदस्यहरूका लागि पनि संवाद र प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ । कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको राष्ट्रिय भेला र प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेको आचार्यले जानकारी दिए ।
पार्टीको राष्ट्रिय जागरण अभियानलाई सफल बनाउन भन्दै प्रतिष्ठानले विदेशस्थित जनसम्पर्क समितिलाई प्रशिक्षण दिने, संघ, प्रदेश, जिल्ला, क्षेत्र, पालिका र वडास्तरसम्म लोकतन्त्रका लागि ‘काँग्रेस भेला’ आयोजना गर्ने निर्णय गरेको छ ।
अनलाइनखबर




