
भीमसेनथापा गाउँपालिकामा ३५ जनाको दरबन्दीमा तीन जना मात्रै कर्मचारी
अनुपमा खनाल
कर्मचारी अभावका कारण भीमसेनथापा गाउँपालिकाको काम प्रभावित भएको छ । गाउँ पालिकामा विभिन्न पदको ३५ जना दरबन्दी रहेकामा हाल स्थायी कर्मचारी तीन जना मात्र रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण थापाले जानकारी दिए । ‘म सहित ३ जना मात्र स्थायी कर्मचारी छौैं’, उनले भने, ‘तिनमध्ये पनि दुई जना साथी समायोजनका कारण अन्यत्र जान हातमा चिठी लिएर बस्नु भएको छ । सह लेखा पालको कोलेनिका र नायव सुब्बा समायोजनमा संघमा पर्नुभएको छ ।’
एक इन्जिनियर र ७ सव इन्जिनियरको दरबन्दी रहेको गाउँपालिकाको प्राविधिक फाँट खालि रहेको उनले जानकारी दिए । काम चलाउनका लागि सो पदमा करारमा नियुक्त गरिएको एक इन्जिनियर र दुई सब इन्जिनियरले प्राविधिक फाँट सम्हालेका गाउँपालिकाले जनाएको छ । योजनाहरुको स्टमेट तथा अनु गमनको काम प्रभावित भएको प्रमुख प्रशासकीय अधिकृत थापाले जानकारी दिए । ‘करारमा राखेका प्राविधिकहरुले काम गरिरहनुभएको छ’, उनले भने, ‘योजनाको अनु गमन गर्न पनि समस्या छ । योजनाको डिजाइन स्टमेट गर्न नसक्दा टेण्डर खुलाउन सकिएको छैन । आठ, दस वटा योजनाको काम ठेक्का लगाउन नपाएर अलपत्र भएको छ ।’ गाउँपालिकामा प्रशासन फाँट अन्तरगतका दुई जना अधिकृतको पद रिक्त छ । प्रशासनिक काममा पनि समस्या रहेको उनले बताए ।
‘एक कम्प्युटर अपरेटर र अस्थायी २ कर्मचार्रीलाई साथमा लिएर काम गरेको छु’, उनले भने ‘विभिन्न किसिमका परिचय पत्र दिने, ब्यबसाय दर्ता गर्ने, चिठीपत्र तयार गर्ने लगा यतका सबै काम प्रभावित छ ।’ प्राथमिकतामा परेको काम मात्र अहिले गरिरहेको उनले बताए । सरकारले स्रोतब्यक्ति लाई शिक्षण पेशामा नै फर्काएपछि गाउँपालिका को शिक्षा शाखा प्रमुखको पद पनि रिक्त रहेको प्रमुख प्रशासकिय अधिकृत थापाले बताए । ‘कर्मचारी समायोजनका क्रममा शिक्षा शाखा प्रमुख आउने तयारीमा रहेको बुँझेका छौं’ उनले भने । अहिले योजनाको भुक्तानी दिने समयमा गाउँपालिकाको लेखा शाखा सहलेखापाल विवेक पोखरेल ले धानेका छन् ।
उनको पनि कोलेनिका गोरखामा समायोजन भैसकेको छ । कार्यालयमा लेखा अधिकृत छैनन् । लेखापाल सरुवा भएर एक महिना अघि नै अर्घाखाँची गैसकेका छन् । ८ वडा रहेको गाउँपालिकामा वडा सचिवको पनि अभाव छ । हाल ३ जना वडा सचिवले ८ वडाको कार्यभार सम्हालेपनि दुई जना समायोजनका क्रममा जाने तयारी मा रहेका प्रमुख प्रशासकिय अधिकृत थापाले जानकारी दिए । गाउँपालिकाको वडा नं १,२ र ५ को जिम्मेवारी खुबप्रसाद धितालले लिएका छन् । वडा नं ३ र ४ सम्हाल्दै आएका सुब्बामान श्रेष्ठ कर्मचारी समायोजनका क्रममा संघमा परेका छन् । वडा नं ६, ७ र ८ का सचिव शिव श्रेष्ठ समा योजनमा गोरखा नगरपालिका परेका छन् । समायोजनमा परेका वडा सचिव आफ्नो कार्यक्षेत्रमा गएपछि वडाको काम पूर्ण रुपमा प्रभावित हुने उनले बताए ।
‘नयाँ कर्मचारी नआउँदासम्म हामीलाई समस्या छ’, उनले भने, ‘अहिले धमाधम योजना छनौटको बेला छ । तर चाहिएजति कर्मचारी नहुँदा हामीले सेवाग्राहीको अपेक्षा अनुसार सेवा दिन सकेका छैनौं ।’ कर्मचारी अभावकै कारण समयमा काम गर्न नसक्दा हालसम्म गाउँपालिका को विकास बजेट १३ प्रतिशत मात्र खर्च भएको प्रमुख प्रशासकिय अधिकृत थापाले जानकारी दिए ।




