| आइतवार, कार्तिक २२, २०८३

मिनरल वाटरमा हानिकारक ‘ई-कोलाई’

लाप्राकमा मिनरल वाटर उद्योग स्थापना गर्ने तयारी

गोरखाको धार्चे गाऊँपालीकाको लाप्राकमा मिनरल वाटर उद्योग स्थापना हुने भएको छ ।
गण्डकी प्रदेश सरकारको अनुदान सहयोगमा लाप्राकको गुप्सीपाखामा मिनरल वाटर उद्योग सञ्चालन गर्ने प्रक्रिया शुरु गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । ‘गुप्सीपाखामा निर्माणाधिन एनआरएनए नमुना वस्तीमा उद्योग स्थापनाको तयारी गरेका छौ’ उनले भने ‘गुप्सीपाखा आसपासका पानी प्रसोधन गरेर प्याकीङ गर्नेछौ, वरपरका मुहानबाट पानी संकलन गरेर प्रयोगशालामा पठाएका छौं, रीर्पोट अनुसार नै कुन मुहानको पानी प्रयोग गर्ने तय गर्नेछौ ।’

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले गाउँपालिकाको आर्थिक सामाजिक विकासका लागि एक करोड रुपैयाँ विनियोजन गरेको छ ।
त्यसमध्ये २० लाख रुपैयाबाट स्याऊका विरुवा वितरण गरिएको र बाँकी ८० लाख रुपैयामध्येकै रकम मिनरल वाटर उद्योग स्थापनामा खर्च गरिने गाऊँपालीका अध्यक्ष गुरुङले बताए । ‘स्थानीय बासिन्दाको जीविकोपार्जनमा सुधार हुने खालका कार्यक्रम गर्ने क्रममा मिनरल वाटर उद्योग खोल्ने निर्णय भएको हो’ उनले भने ‘पहिलो चरणमा हामी धार्चे गाउँपालिकाभरका होटललाई चाहिने पानी उत्पादन गर्छौ, दोस्रो चरणमा माग र उत्पादनका आधारमा अन्यत्र पनि पानी पठाउछौं ।’

उत्पादित पानी वितरणबाट प्राप्त भएको आम्दानी छुट्टै कोष बनाएर राख्ने र जीविकोपार्जनका थप कार्यक्रममा लगानी गर्दै जाने गाऊँपालीकाको योजना रहेको छ ।
उद्योग स्थापनाका लागि लागत अनुमान तयार पार्ने काम अन्तिम चरणमा पुगेको अध्यक्ष गुरुङले बताए ।
‘उद्योगको ब्यवस्थापन गाऊँपालीकाले नै गर्ने वा समूह मार्फत गर्ने भन्नेबारे टुंगो लाग्न बाँकी छ’ अध्यक्ष गुरुङले भने ‘यो विषयमा गाऊँपालीकाले छुट्टै कार्यविधि बनाएपछि त्यहि आधारमा कार्यान्वयन गर्छौ ।’
आगामी आर्थिक वर्षको शुरुतिरबाटै उद्योग सञ्चालनमा आउने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्