
राम्चे प्राबिलाई शैक्षिक सामग्री प्रदान
राम्चे प्राविका पूर्व विद्यार्थी समाजले सो विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेका छन् । समाजले विद्यार्थीहरुका लागि झोला, टाइ–बेल्ट, हरेक कक्षाका लागि भित्तेघडी, विद्यार्थी परिचय पत्र प्रदान गरेको हो ।
शहीद लखन गाउँपालिका वडा नं. ८ छापथोकस्थित सो विद्यालयमा शुक्रबार आयोजित एक समारोहका बीच प्रमुख अतिथि वडाअध्यक्ष काशिनाथ अम्गाई, वडा नं. ७ का अध्यक्ष शरण श्रेष्ठ र समाजका संयोजक अनुपवावु श्रेष्ठले सहयोगी सामग्री हस्तान्तरण गरेका हुन् ।
शैक्षिक गुणस्तर र भौतिक सुविधा सम्पन्न भएकाले गाउँपालिकाले सो विद्यालयलाई नमूना विद्यालय घोषणा गरेको थियो । विद्यालयको शैक्षिक, भौतिक स्तरवृद्धिका लागि गठित भूतपूर्व विद्यार्थी समाजलाई वडा अध्यक्ष अम्गाईले दुई महिनाको आफूले पाउने तलबबापतको रकम प्रदान गरेका थिए । साथै सामाजिक सञ्जालमार्फत आर्थिक संकलन गरेर शैक्षिक सामग्री जुटाएका हुन् ।
सो कार्यक्रममा समाजका संयोजक अनुपबाबु श्रेष्ठ, वडाअध्यक्ष अम्गाई, वडा नं. ७ का अध्यक्ष शरण श्रेष्ठ, वडा सदस्य मिस्टरबाबु श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकुमार श्रेष्ठ, प्रअ ओमप्रकास श्रेष्ठ, समाजका सचिव राजेश श्रेष्ठले मन्तव्य ब्यक्त गरेका थिए ।




