| आइतवार, कार्तिक २२, २०८३

गोरखामा अबको १५ दिनसम्म विद्युत सेवा अनियमित हुने

गोरखामा १५ दिनसम्म विद्युत सेवा अनियमित हुने भएको छ । विद्युत प्राधिकरणले गोरखा बजार क्षेत्रमा ट्रान्समिसन लाइन मर्मत सुधार गर्न लागेकाले बिहान नौ बजेदेखि साँझ पाँचबजेसम्म विद्युत सेवा अनियमित हुने विद्युत प्राधिरणले जनाएको छ ।
प्राधिकरणले एलटी लाइनमा नाङ्गो तार हटाएर इन्सुलिन गरेको एबीसी केवल राख्न लागेको जनाएको छ । सो कार्य वैशाख १५ गतेसम्म सञ्चालन गरिने प्राधिकरणको भनाइ छ ।
तर निर्धारित समयभन्दा अघि नै काम सकिएमा त्यतिबेला नै सेवा नियमित हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणले एक सूचना जारी गरी ग्राहकमा पर्न जाने समस्याप्रति क्षमा याचना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्