
गोरखाका चारवटा गाउँ नमूना कृषिगाउँ छनौट
अनुपमा खनाल
गण्डकी प्रदेश सरकारले गोरखाको चारवटा गाउँमा ‘मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ’ लागु गर्ने भएको छरु। जिल्लाको चारवटा प्रदेश निर्वाचन क्षेत्रका एक÷एक गरी चार वटा गाउँलाई नमुना कृषि गाउँ घोषणा गरी कार्यक्रम लागु गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गण्डकी गाउँपालिका १ बरडाँडा चेपाङ बस्ती, भीमसेनथापा गाउँपालिका ४ बगुवाको रिठ्ठेपानी, बारपाक सुलिकोट गाउँपालिका ४ सौरपानी र पालुङटार नगरपालिका ५ रयाले गाउँ मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँका लागि छनौट भएका छन् । प्रदेश सांसद र कृषि ज्ञान केन्द्रको सिफारिसमा नमुना गाउँ छनौट गरिएको हो ।
कृषि तथा पशुजन्य उत्पादनको व्यवसायीकरणको सम्भावना भएको, जैविक विधिताको प्रवद्र्धन, प्रांगारिक, पर्यावरणीय कृषि र कृषि पर्यटनको सम्भाव्यता भएको स्थान छनोट गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले जानकारी दिए । ‘छनौट भएका गाउँमा स्थानीयको आबश्यकता र मागका आधारमा कार्यक्रम सञ्चालन हुन्छ’ उनले भने ‘सहकारी तथा कृषि समुह मार्फत कार्यक्रमहरु कार्यान्वयन गर्छौँ ।’ कृषि उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्ने उदेश्य रहेको उनको भनाई छ । ‘भूगोल र हावापानी अनुसार कृषि उत्पादन गर्ने कार्यक्रम हो’ उनले भने ‘उत्पादन, प्रशोधन र बजारीकरणलाई यसले जोड दिएको छरु।’ नमूना गाउँमा कम्तीमा ५० घरधुरी समेटिनेछरु। यो कार्यक्रमले कृषि क्षेत्रको दिगो विकास, स्थानीय स्रोतसाधनको व्यवस्थापन, उत्पादन, उत्पादकत्व र गुणस्तरमा वृद्धि, समुदायस्तरमा कृषि क्षेत्रको वातावरणीय जोखिम न्यूनीकरण गर्दै ग्रामीण कृषक समुदायको दिगो खाद्य सुरक्षा सुनिश्चितता गर्ने मन्त्रालयले जनाएको छ ।
गाउँका सबैलाई सहकारीमा आबद्ध गराई कार्यक्रम सञ्चालन हुने मन्त्री थापाले जानकारी दिएरु। ‘कृषिसँगै होमस्टेमा पनि जोड दिइनेछ’ उनले भने ‘आधुनिक मोडलमा गाउँलाई विकास गरिनेछ । जहाँ लगानीको सम्भावना पनि रहोस, अन्यत्रबाट लगानी भित्रियोस् ।’
मन्त्रालयका अनुसार प्रत्येक नमुना गाउँलाई यो बर्ष पहिलो चरणमा ३० लाख रुपैयाँ अनुदान उपलब्ध गराइनेछरु। दोस्रो बर्ष १५ लाख र तेस्रो बर्ष साढे सात लाख रुपैयाँ अनुदान दिईनेछ । प्रविधि ,पूर्वाधार वा बिउका रूपमा अनुदान उपलब्ध गराईने मन्त्री थापाले जानकारी दिए ।




