
प्रहरी कार्यालयभित्रको एसईई
गोरख : गोरखामा दुईजनाले प्रहरी कार्यालय भित्रबाटै एसईई परीक्षा दिएका छन् । गोरखा नगरपालिका ६ महेन्द्रज्योतिमा अध्ययन गर्ने गोरखा नगरपालिका ५ का डम्बरबहादुर गुरुङ र गोरखा नगरपालिका ६ पोखराथोकका सुरेश सिर्मलले दुईदिनको परीक्षा प्रहरी कार्यालयबाटै दिएका डिएसपी महेन्द्र नेपालले जानकारी दिए ।
सिर्मल जबर्जस्ती करणीको मुद्धामा गत माघ महिनादेखि पुर्पक्षका थुनामा छन् भने गुरुङ फागुपर्नेको दिनमा ढुङ्गामुढा गरेको अभियोगमा सार्वजनिक हित विरुद्धको मुद्धामा हिरासतमा रहेका डिएसपी नेपालले बताए ।
उनीहरुको परीक्षाकेन्द्र नवज्योति मावि डण्डीडाँडा परेको थियो । एकजना थुनामा र अर्का हिरासतमा रहेकाले प्रहरी कार्यालयभित्रको पुस्तकालयमा राखेर उनीहरुलाई परीक्षा दिन लगाइएको प्रहरीले जनाएको छ ।




