| सोमवार, कार्तिक २३, २०८३

एसईईको नतिजा

चारहजार चारसय परीक्षार्थी आजदेखि एसईई दिदै

आइतबारबाट शुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी गोरखामा पूरा भएको छ ।
आइतबार बिहान ८ बजेबाट सुरु हुने परीक्षामा सबै तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाई गोरखाका प्रमुख खेमराज पौडेलले जानकारी दिए । ‘२५ वटै परिक्षा केन्द्रमा उत्तरपुस्तिका पुग्यो’, उनले भने ‘प्रश्नपत्र पनि केन्द्र नजिकको प्रहरी चौकीमा लगिएको छ ।’ यस वर्षको एसइई परीक्षामा गोरखाबाट चार हजार चार सय तीन परी क्षार्थी सहभागी हुने इकाई प्रमुख पौडेलले बताए ।
कुल परीक्षार्थी मध्ये एक सय ३३ जना प्राविधिक धारको रहेका उनको भनाई छ। उनीहरुका लागि गोरखा नगरपालिका ८ को सरस्वती माध्यामिक विद्यालय आहाले परिक्षा केन्द्र निर्धारण गरिएको छ। परिक्षाका लागि २५ केन्द्राध्यक्ष, ३१ सहायक केन्द्राध्यक्ष र २२० निरीक्षक परिचालन हुने भएका छन् । हरेक परिक्षा केन्द्रमा अधिकतम १५ जनासम्म प्रहरी परिचालन हुने उनले बताए । परिक्षामा अमर्यादित काम गर्ने परिक्षार्थी लगायत सबैलाई कानुन कारबाही गरिने भएकाले मर्यादित रुपमा परिक्षामा सहभागी हुन प्रमुख पौडेलले आग्रह गरे ।
यसबर्ष हाजिर नपुगेका लगायतका कारण परीक्षाका लागि फारम भरेका १७ जनाले जाँच दिन नपाउने उनले स्पस्ट पारे । यो बर्ष हरेक परीक्षा केन्द्रमा महिनावारी भएका छात्राका लागि सेनेटरी प्याडको पनि ब्यबस्था गरिएको छ । यस वर्ष प्रदेश अनुसार प्रश्नपत्र छपाई गरिएको छ । परीक्षामा साधारणतर्फको अनिवार्य छ विषयका फरक–फरक प्रश्नपत्र बनाइएको र प्राविधिकतर्फ सबै प्रदेशमा एकै प्रकारका प्रश्नपत्र बनाइएको छ। यस वर्षदेखि पहिलोपटक सङ्घीय संरचनाको स्वरुपअनुसार आइतबारबाट शुरु हुने परिक्षा आगामी २१ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्