| सोमवार, कार्तिक २३, २०८३

धार्चेमा अध्यक्ष तथा कार्यपालिका सदस्यद्वारा परीक्षा केन्द्रको अनुगमन

बुधबारदेखि सुरु भएको कक्षा आठको गाउँपालिकास्तरीय परी क्षालाई व्यबस्थित बनाउन कार्यपालिकाका पदाधिकारी अनुगमनमा खटिएका छन् । परीक्षा केन्द्रको अनुगमन गर्न गाउँपालिकाले कार्यपालिका सदस्यहरुलाई खटाएको छ ।


गाउँपालिकाभित्र १३ वटा परीक्षा केन्द्र छन् । गोलाप्रथा गरेर कार्यपालिका सदस्यलाई सात दिनसम्म परीक्षाकेन्द्रमै बसेर अनुगमन गर्न खटाइएको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले बताए । ‘म पनि अनुगमन मा खटिएको छु’, अध्यक्ष गुरुङले भने, ‘गोला थुत्दा मेरो जिम्मा सिङ्लाको अमरनाथ आधारभूत विद्यालय प¥यो । म त परीक्षा केन्द्र पुगिसकेँ ।’ सातदिनसम्म परीक्षाकेन्द्र रहेकै ठाउँमा डेरा गरेर बस्ने उनले बताए ।

अध्यक्ष गुरुङ का अनुसार उपाध्यक्ष फूल माया गुरुङ गोला थुतेर लाप्राकको मणिकामदेवी माविको अनुगमनमा खटिएकी छन् । त्यस्तै राज गुरुङ इच्छा मावि हुलचुकमा, धनकुमार घले केरौंजा माविमा, सरिता गुरुङ मञ्जुश्री मावि काशिगाउँमा, तुलबहादुर गुरुङ कालरात्री मावि लापुमा, सूर्यमान गुरुङ सूर्योदय मावि गुम्दामा, इन्द्रप्रसाद गुरुङ गण्डकी आधारभूत विद्यालय रुन्चेत मा, दिलिप गुरुङ पार्वती मावि उहियामा, सुकमाया सुनार जनजागृति आधारभूत विद्यालय माछाखोलामा, अनर्ता गुरुङ सातकन्या मावि खोर्लामा, कर्णमाहिला गुरुङ प्रभातकिरण मावि लापुबेशीमा, सुकबहादुर गुरुङ गंगाजमुना आधारभूत विद्यालय भीरकुनामा खटिएका छन् ।

उनीहरु पनि सातदिनसम्म सोही विद्या लयमा रहेर अनुगमन गर्ने उनले बताए । त्यस्तै परीक्षाकेन्द्र परेका विद्यालय का प्रअहरुलाई पनि अन्य केन्द्रमा केन्द्राध्यक्षको रुपमा खटाएको छ । गाउँ शिक्षा शाखाका अनुसार सिँहदेवी आधारभूत विद्यालयको केन्द्राध्यक्षमा सीता गुरुङ, सूर्योदय माविको केन्द्राध्यक्ष मा धनबहादुर गुरुङ, इच्छा माविको केन्द्राध्यक्षमा इन्द्र उपरकोटी, गण्डकी माविको केन्द्राध्यक्षमा वीरकाजी गुरुङ, पार्वती माविको केन्द्राध्यक्षमा सन्देश गुरुङ, सातकन्या माविमा युवराज खनाल, मणिकामदेवी माविमा रामकृष्ण खनाल, जनजागृति आधारभूत विद्यालयमा जीतबहादुर गुरुङ, प्रभात किरण माविमा प्रेमबहादुर गुरुङ, कालरात्री माविमा लोक बहादुर गुरुङ, गंगाजमुना आधारभूत विद्यालयमा सन्तोषी अधिकारी, मञ्जुश्री माविमा सुन्दर खनाल र केरौंजा माविमा सूर्यमान गुरुङ केन्द्राध्यक्षको रुपमा खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्