| आइतवार, कार्तिक २२, २०८३

विद्युत प्राधिकरण गोरखाको साढे दुई करोड बक्यौता उठाउन बाकी, बक्यौता तिर्न साना सहरीलाई एकहप्ते अल्टिमेटम

अनुपमा खनाल :

नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले करीब साढे २   करोड रुपैयाँ वक्यौता रकम असुल गर्न बाँकी रहेको छ । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका कार्यालय, ब्यबसाय तथा उद्योग र ब्यक्तिहरुसँग दुई करोड ३१ लाख ३५ हजार रुपैंया बक्यौता असुल गर्न बाँकी देखिएको कार्यालयले जनाएको छ ।

सबैभन्दा धेरै बक्यौता घरेलु प्रयोजनका लागि विजुली जडान गरेकाहरुसँग बक्यौता रहेको पाइएको छ । ब्यक्तिहरुसँग मात्रै एक करोड ३६ लाख ३२ हजार रुपैयाँ बक्यौता रकम असुल गर्नुपर्ने कार्यालयका सहायक लेखा अधिकृत रामचन्द्र ढकालले जानकारी दिए । जिल्लाका विभिन्न सरकारी कार्यालयसँग पनि प्राधिकरणले विद्युत महसुल उठाउन सकेको छैन । सरकारी कार्यालयसँग छलाख ३९ हजार रुपैयाँ असुल गर्नुपर्ने प्राधिकरणको विवरणमा उल्लेख छ । विवरण अनुसार जिल्लाका खानेपानी उपभोक्ता समितिहरुसँग २१ लाख ५२ हजार, ब्यापारीक संस्थासँग एकलाख आठ हजार, सिञ्चाई योजनाहरुसँग दुईलाख १४ हजार र सामुदायिक विद्युतीकरणसँग १६ लाख २४ हजार रुपैयाँ असुल गर्नुपर्ने छ । जिल्लाका उद्योगसँग  ३४ लाख १९ हजार रुपैयाँ विद्युत महसुल उठाउनुपर्ने कार्यालयले जनाएको छ ।

बक्यौता रकम बुझाउन कार्यालयले पटक पटक ताकेता गर्दा पनि बुझाउन अटेर गर्नेहरुको लाईन काट्न थालिएको सहायक लेखा अधिकृत ढकालले बताए । ‘पत्राचार गर्दा पनि बक्यौता रकम नतिर्नेको लाईन काट्ने अभियानमा छौं’, उनले भने ‘तोकिएको समय सीमाभित्र बक्यौता रकम नबुझाउने र रकम बुझाउन आनाकानी गर्नेको लाईन काट्ने गरिएको छ ।’ लामो समयदेखि विद्युत महसुल नबुझाएका एक सय ९२ ग्राहकको लाईन् काटेर ३० लाख २६ हजार रुपैयाँ असुल गरिसकेको उनले बताए

प्रतिक्रिया दिनुहोस्