
ब्याजदर घटाउन उद्योग वाणिज्य संघ गोरखाको माग (विज्ञप्ती सहित)
बैंक तथा वित्तिय संस्थाले दिने ऋणको ब्याजदर कम गर्न उद्योग वाणिज्य संघ गोरखाले माग गरेको छ । बैंकहरुले एकतर्फी रुपमा गरेको ब्याजदर बृद्धिप्रति असन्तुष्टि जनाउँदै संघले ब्याजदर घटाउन नेपाल सरकार तथा राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । आइतबार प्रेस विज्ञप्ती जारी गर्दै संघले ब्याजदर बृद्धिले संवृद्ध नेपाल बनाउने अभियानमा पनि असर पुग्ने दाबी गरेको छ । संघका अध्यक्ष जिवनज्योती श्रेष्ठले हस्ताक्षर गरेको विज्ञप्तीमा देश संवृद्ध हुनका लागि उद्यमको विकास आबश्यक भएपनि ब्याजदर बृद्धिले उद्यमशिलताको अबधारणालाई चुनौती दिएको लेखिएको छ ।




