
छिम्केश्वरी पानीमा फेरि भेटियो अखाद्य बस्तु : प्रशासनद्वारा गोरखामा छिम्केश्वरी पानी विक्रीका लागि प्रतिवन्ध
तनहूँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ को सुरज मिनरल वाटर नामको कम्पनीले उत्पादन गर्ने छिम्केश्वरी ब्राण्डको पानी गोरखामा बिक्रीका लागि रोक लगाइएको छ । गोरखा बजारमा बिक्रीका लागि राखिएको पानीको बोतलमा अखाद्य वस्तु फेला परेपछि सो ब्राण्डको पानी बिक्रीमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी गजेन्द्र श्रेष्ठले जानकारी दिए । बजारमा भेटिएको पानीको बोत्तलमा अखाद्य बस्तु भेटिएकाले प्रहरी परिचालन गरी गोरखा जिल्लाभर सो पानी बिक्री बितरणमा रोक लगाएको उनले बताए ।सो कम्पनीले आफूले उत्पादन गर्ने पानीको शुद्धताको सुनिश्चितता नगरेसम्म जिल्लाभित्र बिक्रीमा रोक लगाउने निर्णय भएको उनको भनाई छ । गतबर्षको चैत ८ गते गोरखाको १२ किलो बजारमा छिम्केश्वरी नामको पानीको बोतलभित्र फोहर तैरिरहेको भेटिएपछि उपभोक्ता हित संरक्षण मञ्च मार्फत जिल्ला प्रशासन कार्यालयमा बुझाइएको थियो । सो पानी खाद्य सुरक्षा तथा गुणस्तर नियन्त्रण कार्यालय पोखरा र क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले पानीको नमुना परीक्षण गरी प्रदुषित प्रमाणित भएका प्रतिवेदन े जिल्ला प्रशासन कार्यालय गोरखालाई पठाएको थियो । प्रक्रिया पु¥याएर शुद्धताको प्रमाणपत्र ल्याएपछि फेरि गोरखा बजारमा बिक्रीका लागि खुल्ला गरिएको थियो । गोरखा नगरपालिका १० को पन्द्रकिलोस्थित होटलमा राखिएको सो पानीमा फेरि अखाद्य सेता कणहरु भेटिएको उजुरी आएपछि बिक्रीमा रोक लगाइएको प्रजिअ श्रेष्ठले बताए ।




